काठमाडौं । उदयपुरमा शनिवार बिहानै हायसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका– १०, बोक्सेमा बा. प्र. ०–१००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट त्रियुगा नगरपालिका–११, चप्पनका ५५ वर्षीय परणशेरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करमगाछीबाट गाईघाट हुँदै काठमाडौँ जाँदै गरेको हायसले गाईघाट दिक्तेल सडक खण्डमा मर्निङ वाकका लागि निस्किएका परणशेरलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भिर घाइते भएका थिए ।
उपचारका लागि उनलाई तत्कालै जिल्ला अस्पताल गाईघाट लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ठक्कर दिने हायसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments Box