काठमाडौं । दरबारमार्गमा ‘मेरो सारङ्गी रोधी क्लब’ सञ्चालनमा आएको छ । चर्चित लोक तथा दोहोरी गायक तथा गायिकाहरुले सो रोधी क्लब गत शुक्रबारदेखि सञ्चालनमा ल्याएका हुन् ।
करिब दुई करोडको लगानी ररहेको सो दोहोरी चर्चित गायक प्रदिप रोक्का, गायिकाद्वय संगम लामिछाने र जालुमाया गुरुङले सञ्चालनमा ल्याएका हुन् ।
उक्त क्लबको एक कार्यक्रमबीच राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरे ।
उक्त उद्घाटन कार्यक्रममा गायिका सर्मिला गुरुङ, गायिका जुना श्रीस मगर, राष्ट्रिय संगीतकर्मी संंघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
सञ्चालाक प्रदिप रोकाका अनुसार यो क्लबले नेपालको मौलिक कला तथा संस्कृतिको प्रचार तथा प्रसारमा विशेष जोड दिनेछ । गाउँघरको याद दिलाउने सो रोधी क्लबको निर्माण र सजावट गरिएको पनि उनले बताए ।