Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
डोटीमा । डोटीमा आमाको किरिया (कोरा) बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन् । भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए । शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका थिए । आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले…
दाङ । तुलसीपुर नगर जेसिजले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई पुस्तक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरूको लागि जीवन बदल्ने उत्प्रेरणादायी पुस्तक हस्तान्तरण गरिएको हो । मानिसको जीवनमा नकारात्मक सोचहरू हावी हुन नदिन तथा सकारात्मक सन्देश दिन जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीले बताए । उनले भने, ‘मानिसलाई सकारात्मक बाटो देखाउने ज्ञानको भण्डार पुस्तकालयको माध्यमबाट जीवन परिवर्तन गर्न सकिन्छ । यसर्थ नागरिकलाई जिम्मेवार बनाउन किताबको महत्व धेरै रहेको छ ।’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले तुलसीपुर नगर जेसिजले सामाजिक उत्तरदायित्वको वहन गर्दै उत्प्रेक्षक किताबहरू प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे। थुनुवाहरूको…
काठमाडौं । चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरेको छ । तत्काल प्रमाण नपुगेको भन्दै चितवन प्रहरीले पछि थप प्रमाण भेटिएका बेला मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिबी राई समूहले चितवनमा चलाएको सहारा चितवन सहकारीको हिनामिना मुद्दामा जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले अनुसन्धान टुंगाएको हो । मुद्दाको हदम्याद अुनसार बुधबारभित्र अभियोग दायर गरिसक्नुपर्ने हुन्छ । सोहीकारण सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । तत्कालका लागि जिबी राई लगायत सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको छ । प्रहरी स्रोतका…
काठमाडौं । साउन महिनामा वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ वटा वाणिज्य बैंकले उक्त रकम नाफा आर्जन गरेका हुन् । चालु आवको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन्। चालु आवको पहिलो महिनामा नाफा आर्जनमा ग्लोबल आइएमई र नबिल बैंक प्रतिस्पर्धी बनेका छन् । नाफा आर्जनमा पहिलो बनेको ग्लोबलले ८९ करोड २४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ…
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाखको व्यापार घाटा रहेको छ । चीनसँग भने ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । अधिक व्यापार घाटा रहेका मुलुकमध्ये युद्धग्रस्त देश युक्रेन तेस्रो स्थानमा रहेको छ । युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ । चालू आवको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख…
काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले रहस्यमय हत्याको सफल अनुसन्धान गरेको भन्दै कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चारजना प्रहरीलाई पुरस्कृत गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो । एसपी बिष्टलाई प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित सम्मान गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । बिष्टले उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा…
काठमाडौं । गृह मन्त्रालयले कर्णाली प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई खटाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी अर्जुन चन्द ठकुरी विवादमा तानिएपछि भट्टराईलाई खटाएको हो । केही समयअघि स्कुपखबरले ‘उदण्ड डिआईजी : रक्सी खाएर कार्यालयबाट भागे, अनि चढे रात्रीबस’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । समाचारपछि चन्द १ हप्ताको विदा बसेका थिए । जुन विषयलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरले चासो राखेका थिए । जुनकुरा गृहमन्त्री रमेश लेखकले चासो व्यक्त गर्दै चन्दलाई तत्कालै कर्णाली प्रदेशबाट तान्न आइजीपी कुवरलाई निर्देशन दिएका थिए । गत मंगलबार डिआइजी चन्दरक्सी खाएर होहल्ला गर्दै कार्यालयबाट भागेको समाचारमा उल्लेख थियो । कार्यालयबाट…
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनेछन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक विदाइ गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन ।
धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा भागे, खोजी गर्न एसपीको कमाण्डमा ४५ प्रहरी परिचालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका- २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका-७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका-१३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ । यसैगरी धनुषाकै औरही गाउँपालिका-२ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका-१ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका- २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका-४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएका हुन् । फरार भएकाहरूमध्ये ५…
काठमाडौं । गोरखामा शृंखलाबद्ध रूपमा सुनका गहना लुटेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपलिका–९ नाम्जुङका ३८ बर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका–१६ का ३७ बर्षीय शैलेश ताम्राकार रहेका छन् । शनिबार गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले बताए । सुनका गहना लुटपाटको घटनामा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट लुटपाट गर्दा प्रयोग भएको कपडा र स्कुटर समेत बरामद गरिएको एसपी पाठकले बताए । उनीहरु विरुद्ध प्रहरीले चोरी सम्बन्धी कसुर शीर्षकमा अनुसन्धान गरिरहेको छ । के थियो घटना ?गत साउन…