काठमाडौं। सोमबार सरकारले दिपक थापालाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेपछि मंगलबार (आज)बाट कार्यभार सम्हालेका छन्।
गृहमन्त्रालयमा मंगलबार विहान दज्र्यानी चिन्ह लगाएपछि उनले औपचारिक रुपमा प्रहरी प्रधान कार्यालय नक्साल पुगेर कार्यभार सम्हालेका हुन्।उनलाई प्रहरी प्रधान कार्यालयमा सहकर्मीहरु सुदिप गिरी टेक तामाङले स्वागत गरेका थिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले आगामी दिनहरूमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रस्ट पारे। उनले भने, ‘सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थ रूपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्नेछु।’
व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा उनले आभार व्यक्त गरे।
उनले कार्यभार सम्हालेसँगै आफ्नो ६ महिनाको कार्यकालबारे चुनौती समस्या र संभावनाबारे चर्चा हुन थालेको छ। उनी अघिल्ला आइजीपीहरुले भोगेका समस्या र चुनौतीबारे जानकार रहेका छन्।
नयाँ आईजीपीको काँधमा प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने जिम्मेवारी पनि छ।
