सर्लाही । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतो रहेकी छन् ।
उनले प्रहरीमा जागिर लगाइदिने भन्दै हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक–पटक गरी कुल २ लाख ७५ हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत ३ गते महतोलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी महतोलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
