Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।
रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी संगठनले अंगिकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठाको भेटीलेटर फोडेर थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै डिआईजी आचार्यले हिरासतको…
विद्यार्थी संगठनलाई प्रचण्डले भने – तपाईं सडकको बाघ भएर निस्कनुस्, म संसदमा सिंह बन्छु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।उनले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए । विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने,‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु ।’ उनले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताए ।
नेपालबाट बेङ्लुरु गएको थियो महालक्ष्मीको परिवार, टुक्राटुक्रा बनाई कसले राख्यो फ्रिजमा ?
काठमाडौं । भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन् । मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ । जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो । निकै अमानवीय…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई सात दिने सूचना जारी गरेको छ । विगत लामोसमयदेखि बिना जानकारी संगठनले खटाएको कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै हेडक्वार्टरले ७ दिनभित्र स्पष्टीकरणसहित जवाफ दिन प्रहरी सहायक निरिक्षकसहित प्रहरी जवानसम्मका २४ जनालाई निर्देशन दिएको छ । प्रधान कार्यालयले कार्यालयमा उपस्थित नभएमा सेवाबाटै हटाउनेसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् । त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन नसकेको पनि उनको भनाई छ । बालेनले सो शुभकामना स्वयम प्रधानमन्त्री ओलीलाई टक्र्याएको उल्लेख गर्दै ग्रहण गर्न भनेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्- ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
पोखरा । मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-७ मासवार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन् । मोलमोलाइ गरेपछि १०३ वटा भेडाको पैसा नदिइकन लिएर उनी फरार रहेका थिए । असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङले पालेको भेडा लिएर दुई जना सहयोगीसहित उनी पोखरा झरे।असोज ३ गते पोखराको ड्यामसाइडमा सुतिरहेको अवस्थामा भेडाधनी ताक्लालाई पत्तो नदिइकन फकिरसहितका ३ जना भेडा लिएर फरार भए।ताक्लाले ४२ लाख रुपैयाँ मोलमोलाइ गरेर पैसा नदिइकन व्यापारी भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए…
काठमाडौं । नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् । डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
काठमाडौं । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा भएका छन् । उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् । तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया,…
काठमाडौँ । बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएका हुन् । असोज ४ मा काठमाडौँ–६ बौद्ध तिनचुलीमा सोनामसहित ७ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरू मेशिन मार्फत ‘फिस सुट गेम’ खेल्दै थिए । नागरिकताबारे सोधपुछ गर्दा सोनामले भने, ‘४ लाख तिरेर किनेको हुँ ।’ तिब्बतको आम्दो घर भएका सोनामले धादिङको नेत्रावती वडा नम्बर–१ स्थायी ठेगाना र बुवा हर्कमान तामाङ उल्लेख गरेर नागरिकता लिएका हुन् । नागरिकतामा उल्लेखित बुबालाई सोनामले…