Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं। सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् । गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने स्पष्ट पारे । उनले भने, ‘कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ।’ वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले…
काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहका डा. सुन्दर प्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फका किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ । डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत रहेका छन् ।
काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । हाल जापानमा नेपालीको जनसंख्या २ लाख ६ हजार ८९८ रहेको न्याय मन्त्रालयले जनाएको छ । जसमध्ये सवैभन्दा धेरै नेपालीहरु टोकियोमा बस्ने गरेको पाइएको छ । त्यसपछि क्रमशः ओसाका, चिवा, एची, फुकुओका, साइतामा, कनगवामा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।…
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई-चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स…
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आरोप लाग्दैमा कोही पनि अपराधी नहुने बताएका छन् । प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उनले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरे । उपमहासचिव पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए । उपमहासचिव पुनले भने, ‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराज…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएपछि उनलाई संगठनले मोरङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले एसपी कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । ‘उनको हेडक्वार्टरमा सरुवा भएको हो । सरुवाको कारणबारे भने मलाई जानकारी भएन,’ उनले भने । प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ । हेडक्वार्टरले उनको स्थानमा अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई पठाएको छ । लिम्बू प्रहरी सगठनमा इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन ।
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले यस्तो आग्रह गरेका हुन् । ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो,’ उनले भने, ‘त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस् ।’ नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे। उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे ।
पर्सा । प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि. सम्मानित भएको छ । ६९औं प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि.का संचालक डा.सरोज सिंह प्रशंसापत्रबाट सम्मानित भएका हुन्। हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न अवसरमा सञ्चालन गरेको स्वास्थ्य शिविर तथा अन्य सामुदायिक गतिविधीहरुमा समेत स्रोत साधन व्यवस्थापनका साथै प्राविधीक सहायता प्रदान गर्नु भई निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिका,समन्वय र सहकार्यको उच्च मूल्यांकन गर्दै स-धन्यवाद सहित यो प्रशंसा-पत्र प्रदान गरीएको छ। संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित आगामी दिनहरुमा समेत सामाजिक सेवामा निरन्तर सक्रिय भूमिकाको कार्य गरेको प्रति जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सुर्या हस्पिटलका संचालक डा.सरोज सिंहलाई प्रशंसापत्रबाट सम्मान…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेको घटनामा छानबिन भइरहेको छ । असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन् । साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन् । यता, घट्नाबारे बुझ्न बागमती प्रदेशका नायब महानिरीक्षक (डीआआईजी) कृष्णहरि शर्माले दुधैली तालिम केन्द्रबाट टोली पठाएका छन् । डीआईजी शर्माले भने, ‘मैले घटनाबारे बुझ्नको लागि टिम पठाएको थिएँ, हाम्रोबाट कुनै फाइन्डिङ आएको छैन ।’ सायद आजभोलीमा केही जानकारी आउने उनले बताए । बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको समेत…
पोखरा । सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा हिजो काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै बिहान ३ बजे पोखरा ल्याई पुर्याएको हो । सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परिक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याउने बेला उनका समर्थकहरूले केहीबेर नाराबाजीसहित अवरोध गरेका थिए । कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै…