काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं नगर प्रहरीको अवरोधकाबीच पनि कार्यालयमा हाजिर भएका छन् । उनलाई जनप्रतिनिधि र कर्मचारीहरुले नगर प्रहरीको अवरोधका बीच पनि कार्यालयमा प्रवेश गराएका हुन् ।
उनी कार्यालयमा हाजिर भएलगत्तै भएको तनावकाबीच पनि अहिले बैठक सुरु भएको छ । उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसिरहेको छ ।
प्रमुख गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याएका हुन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर करिब साढे ३ महिना प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।
यो पनि पढ्नुहोस्…
कामपाभित्र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास
उपमेयर सुनिता डंगोल प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा
कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न नगर प्रहरी प्रमुखको चेतावनी
