काठमाडौं । झापामा ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
झापा गाँउपालिका-३ मा बुधबार साँझ मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खस्दा सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
सडकमा गुडिरहेको ट्याक्टरमा ‘लिफ्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट लडेका चालकले प्रहरीसमक्ष बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि ट्याक्टर धनीसमेत रहेका चालक झापा-३ का ४८ वर्षीय देवकुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments Box
