काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्ष प्रवेश गराउने क्रममा तनाव सिर्जना भएको छ ।
कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेपछि तनाव सिर्जना भएको हो ।
ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहित नगर प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले कर्मचारीलाई निस्किन चेतावनी दिएका छन् ।
ताला फुटाउने क्रममा कार्यकक्षको ढोकाको सिसा फुटेको छ ।
Facebook Comments Box
