Author: Scoop Khabar

वीरगञ्ज । सवारी चालकहरूको साचो खोस्ने, जबरजस्ती गाडीबाट निकाल्ने जस्ता क्रियाकलाप गैरकानूनी भएको भन्दै कानूनका विद्यार्थी विवेक चौधरीले नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । रिटमा न्यायाधीश टंक प्रसाद गुरुङको एकल इजलासले सुनुवाइ गरेको छ । चौधरीको तर्फबाट अधिवक्ता रामप्रवेश यादवले बहस गर्दै प्रहरीले सवारी चालकहरूको गाडीको साचो खोस्न पाउने कुनै कानूनी अधिकार नरहेको दाबी गरे । यादवले प्रहरीको अधिकार क्षेत्रभन्दा बाहिर गएर गैरकानूनी ढंगले साचो खोस्ने र अन्य मनमानी कार्य गरेको बताएका छन् । यस विषयमा इजलासले नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग लिखित जवाफ माग गरेको छ…

थप

काठमाडौं । प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनका ४ जना प्रहरीको जिम्मेवारी खोसिएको छ । लागू औषध मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बरहथवा नगरपालिका–९, मूर्तियाका रामअयोधी मुखिया शनिवार दिउँसो फरार भएका थिए । सोही घट्नाको अनुशन्धानका क्रममा इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत र सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्ला तानिएको छ । घटनाबारे छानविन भइरहेको सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहले बताए। फरार भएका थुनुवा पुनः पक्राउ परिसकेको र घट्नाको विषयमा अनुसन्धान भईरहेको उनले वताए । प्रहरी नियन्त्रणबाटै थुनुवा फरार भएको विषयले जिल्लाको सुरक्षा व्यवस्थामाथि भने स्थानीय प्रश्न उठाउन थालेका छन् ।

थप

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहा पुगेका छन् ।अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा उनी आज दोहा पुगेका हुन् । उनलाई विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई लगायत दूतावासका कर्मचारीले स्वागत गरे । सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ । राष्ट्रपति पौडेल भोलि दोहा हुँदै अजरबैजानको बाकु प्रस्थान गर्नेछन् । कोप –२९ अन्तर्गतको…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरेका थिए । महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा…

थप

काठमाडौं । अंश विवादमा हँसियाले प्रहार गरी बुबाको हत्या गरेर भागेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, धारापानीका रामलाल श्रेष्ठ (४४) पक्राउ परेका छन् । धारापानीको पुजारी थुम्का बस्ने बुबा बलबहादुर श्रेष्ठ (७४) को हत्या गरेको आरोपमा रामलाल पक्राउ परेका हुन । घट्नापछि फरार रहेका उनलाई घर नजिकै रहेको ढोडेनी वनमा लुकेर बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले नाएको छ । प्रहरीका अनुसार ८ कात्तिकमा बलबहादुर र जेठा छोरा रामलालबीच अंशका विषयमा विवाद भएको थियो। विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए । त्यसपछि हँसिया र फलामको आग्लो प्रहार गर्दै घाँटी थिचेर हत्या गरेका थिए । उनलाई आईतबार जिल्ला…

थप

काठमाडौं । कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । दिउँसो साढे २ बजेतिर बलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टराईले जानकारी दिए । थप विवरण आउन बाकी ।

थप

राजविराज । एक महिनामा सप्तरी प्रहरीले ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक महिने कार्य सम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले अदालतले सजाय र जरिवाना तोकेपनि फरार रहेकाहरुमध्ये पछिल्लो एक महिनामा ७३ जनालाई नियन्त्रणमा लिएको बताए । ती पक्राउ गरिएका प्रतिवादीहरुबाट चारवर्ष दुई महिना ११ दिन भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले बताए । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । पछिल्लो एक महिनामा सप्तरी…

थप

अछाम । अछाम जिल्ला, तुर्माखाद गाउँपालिका- १, रहफस्थित प्रहरी चौकीमा खटिएका प्रहरी सहायक निरीक्षक महेश सिंह धामीलाई स्थानिय जनताले कुटपिट गरेका छन्। घटना गत कात्तिक १४ गते रातिको हो । जनताको सेवा र सुरक्षाको लागि खटिएका प्रहरी कर्मचारी ड्युटी समयमा नै आफ्नो कार्यालयबाट कुनै पनि मातहतका कर्मचारीलाई जानकारी नदिई करिब २ किलोमिटर टाढाको गाउँमा पुगेका थिए । उनै प्रहरी सहायक निरीक्षक धामीले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानिय जनताले उनलाई रंगेहात पक्रेर निर्घात कुटपिट गरेका हुन् । घटनापछि धामी घाइते भएका थिए । स्रोतका अनुसार यो घटना बाहिर कतै सार्वजनिक गरिएको थिएन । चाडपर्वको अवसरमा जनतालाई…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गल्ती गर्नेले सजाय भोग्नैपर्ने बताएका छन् । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले यस्तो बताअएका हुन् । उनले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताए । उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताए । महामन्त्री थापाले लेखेका छन्,‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि…

थप

काठमाडौं । हाल नेपाल प्रहरीमा ८ वटा नायब महानिरीक्षक (डिआईजी) पद रिक्त छ । रिक्त ८ डिआईजी पदमा सरकारले बढुवाको तयारी थालेको छ । उच्च स्रोतका अनुसार डिआईजी बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन खोलेर हेरिसकेको छ । गतहप्ता नै गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आईजीपी वसन्त कुँवर समेतको टोलीले बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन नम्बर चेकजाँच गरेको बुझिएको छ । आईजीपी कुँवरले यसअघिको बढुवामा विवाद देखिएपछि विवादरहित बनाउने प्रयास गरिरहेका छन् । अहिले रिक्त रहेको डिआईजीका लागि तीन टोली दाबेदार देखिएका छन् । आईजी कुँवरकै ब्याचका तीनजना बाहेक पछिल्ला ब्याचका एसएसपीहरु पनि बढुवाका लागि लागिपरेका छन् । जसका लागि २०५३ मा…

थप