काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल ८ जनाको सदस्य टोली लिएर महोत्तरीको बर्दिबास पुगेका छन्।
त्यहाँ रहेको मध्यपूर्वी पृतनामा बिहान हेलिकोप्टर मार्फत सिग्देल पुगेका हुन् । उनको टोली नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ मा बिहान पौने ९ बजे काठमाडौंबाट हिँडेको थियो ।
टोलीमा उपरथी कृष्णदेव भट्ट,सहायक रथी पूर्णबहादुर खत्रीसहित आठ जना छन् ।
प्रधानसेनापति सिग्देलले पर्सामा भएको हिंसाको विषयमा सेनाको ब्रिफिङ सुन्नेछन् । यसबाहेक उनको कार्यतालिका सार्वजनिक गरिएको छैन ।
Facebook Comments Box
