काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाको कारणले आएको जिकिर गरे ।
विचौलियाहरूको पहुँच नेतृत्व तहको बेडरुमसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।
‘ विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।