काठमाडौं । सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली चल्दा २ जना घाइते भएका छन् । देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा गोली प्रहार भएको हो ।
गोली लागेर देवानगञ्ज–१ का शिवकुमार मेहता र २ का २४ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् । मेहताको अवस्था भने गम्भीर छ । पेटमा गोली लागेका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ।
अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था भने सामान्य छ । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीले सीमानाकामा हुने तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादका कारण उनीहरुमाथि गोली चलेको आशंका गरेको छ।
देवानगन्ज–७ का कामेश्वर यादवले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ । संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।