काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेसहितका विभिन्न माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका महामन्त्रीद्धयले छलफल गरेका छन् ।
सोमबार कांग्रस महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेका महामन्त्री थापाको सचिवालयले जनाएको छ ।
आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलन गरिहेका छन् ।
Facebook Comments Box