Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वतर्मान सरकारले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी रहेको बताएका छन् । शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास सम्बन्धी अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो रहेको दाबी गरे । ‘बजेटले नेपालको वस्तुस्थितिलाई सहज रूपमा लिएको छ’, नेता खाँणले भने, ‘उत्कृष्ट बजेट ल्याएकोप्रति अर्थमन्त्री विष्णु पौडेलप्रति विशेष धन्यवाद दिन चाहन्छु । बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीबीच सुधारको संकेत दिएको छ । बजेट यथार्थमा आधारित रहेको छ ।’ यथार्थ धरातलमा टेकेर आएको बजेट…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट करिब एक लाख ७० हजार विपद् सूचक रहेको ‘नेटवर्क’तयार गर्दैछ । समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ । त्यसका लागि जेठ मसान्तसम्म सबै बाहिनी मुख्यालयले जिम्मेवारी रहेका क्षेत्रमा पर्ने सबै वडामा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नेछ । ती समूहबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन तथा उद्धारमा…
साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, तर आलमको लागि रहेछ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत प्रमुख सचेतक शाहीले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज भएको लेखेका छन् । फेसबुकमा शाहीले फेसबुकमा लेखेका छन् । साथीहरुले गणतन्त्रनिर्मला पन्तको लागि आयो भन्थे !तर अफताफ आलमको लागि रहेछ ।।जताततै भ्रष्टहरुको रजत गज भएछ ।।गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।भ्रष्ट ,दलाल, तस्करी र बिचौलियाको भोज भएछ।। अफताब आलम रौतहटमा बम विस्फोटका आरोपी हुन् । उनलाई केही दिन अघिमात्र उच्च अदालत जनकपुरले थुनामुक्त गर्न आदेश दिएको थियो…
धनगढी । कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको मोबाइलका अवैध डिस्प्लेहरु बरामद गरेको छ । सामानसहित प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले सामानसहित एक जनालाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा डेरा गरि बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला…
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको उल्लेख गरेका छन् । बजेट वक्तव्यमार्फत सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर सरकारले आयोजनाको घाँटी छिनालेको उनले आरोप लगाए । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२-०८३ को बजेट–वक्तव्य (बुँदा २२४) मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछु भनेर पूरै घाँटी छिनालेको छ।’ ‘देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विपक्षी दलहरूले मागेकै आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नपर्ने बताएका छन् । १३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताए । गृहमन्त्रीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्थामा प्रधानमन्त्रीले भने विपक्षीहरूले पूर्वाग्रहपूर्ण, निराधार र अनुचित भएको बताए । गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो । ‘गृहमन्त्रीमाथि कुनै आरोप केही पनि छैन । यो कुनै मुद्दा मामिला पनि भएको छैन । यो कुनै इस्यु…
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ। त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइरालाको सरुवा भएको छ । हेर्नुहोस् अन्य एसएसपीको कहाँ सरुवा भएको छ ?
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कर्यालयले झन्डै तीन महिनापछि नेतृत्व पाएको छ । लामो समयदेखि रिक्त रहेको कार्यालय प्रमुखमा भर्खरै बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव श्रेष्ठको पोस्टिङ भएको छ । बढुवा भएका डिआईजी श्रेष्ठको शुक्रबारको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा भएको हो । यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराई २२ फागुनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएपछि रिक्त भएको पद अहिलेसम्म खाली थियो र निमित्त प्रमुखको भरमा चलेको थियो । गृह मन्त्रालयले वैशाख २१ गते सात डिआईजीको सरुवा गर्दा कर्णालीमा जान नमानेको भन्दै कसैलाई पनि पठाइएको थिएन । त्यो बेला कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर…
टोकियो । एनआरएनए जापानको चुनाव नजिकै गर्दा, विभिन्न व्यक्तिहरुबाट, विभिन्न पदहरुमा धमाधम प्रतिबद्धतासहितको उम्मेद्वारी घोषणा हुन थालेको छ । यसैक्रममा पर्वतमा जन्मेर लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका हालका एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछानेले आफ्ना अनुभव तथा प्रतिवद्धताका साथ अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणाको तयारी गरेका छन् । जापानको नेपाली समाजमा सक्रिय र प्रतिबद्ध सफल समाजसेवीको पहिचान बनाउन सफल लामिछानेले विद्यार्थी, व्यवसायी, कुकलगायत सबै क्षेत्रबारे बुझेकाले आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताए । अध्यक्षका प्रत्यासी लामिछानेले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने बताए । कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा एनआरएन जापानले…
काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन् । अर्थमन्त्री पौडेलले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक रहेको छ । आम्दानी र खर्च दुवैको प्रश्नमा यो बजेट यथार्थपरक छ ।’यस्तै, यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको अर्थमन्त्रीले बताए । बिहीबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब…