काठमाडौं । कर्णाली प्रदेश प्रहरी कर्यालयले झन्डै तीन महिनापछि नेतृत्व पाएको छ । लामो समयदेखि रिक्त रहेको कार्यालय प्रमुखमा भर्खरै बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव श्रेष्ठको पोस्टिङ भएको छ ।
बढुवा भएका डिआईजी श्रेष्ठको शुक्रबारको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा भएको हो ।
यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराई २२ फागुनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएपछि रिक्त भएको पद अहिलेसम्म खाली थियो र निमित्त प्रमुखको भरमा चलेको थियो ।
गृह मन्त्रालयले वैशाख २१ गते सात डिआईजीको सरुवा गर्दा कर्णालीमा जान नमानेको भन्दै कसैलाई पनि पठाइएको थिएन । त्यो बेला कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर गरिएको थियो ।
पछिल्लो ३ महिनादेखि कर्णालीको कमान्ड प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठ निमित्त प्रमुख भएर चलाइरहेका थिए ।
