काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत प्रमुख सचेतक शाहीले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज भएको लेखेका छन् ।
फेसबुकमा शाहीले फेसबुकमा लेखेका छन् ।
साथीहरुले गणतन्त्र
निर्मला पन्तको लागि आयो भन्थे !
तर अफताफ आलमको लागि रहेछ ।।
जताततै भ्रष्टहरुको रजत गज भएछ ।।
गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।
भ्रष्ट ,दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।
अफताब आलम रौतहटमा बम विस्फोटका आरोपी हुन् । उनलाई केही दिन अघिमात्र उच्च अदालत जनकपुरले थुनामुक्त गर्न आदेश दिएको थियो ।
Facebook Comments Box
