Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको लागि ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो । समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ ।

थप

काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ । नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे । नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए । त्यसअघि…

थप

कपिलवस्तु कृष्णनगर । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कपिलवस्तु जिल्लाको उत्कृष्ट कृष्णनगर नगरपालिका चौँथो उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ताजा नतिजा अनुसार कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ७५.७५ प्रतिशत अंक ल्याउँदै जिल्लामा चौथौ भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ म ८५.५ प्रतिशत अंक ल्याउँदै हासिल गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको मूल्याङ्कन गर्दै…

थप

काठमाडौं । व्यवसायिक भिसामा नेपाल आएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । आज मंगलबार बिहान अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो । विभागले उनले काठमाडौँका विभिन्न क्षेत्रमा इसाई धर्मको प्रचार गरेको भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ । विभागले उनीमाथि थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ ।

थप

काठमाडौं । चितवनको कालिका नगरपालिका–७ मा रहेको जुटपानी प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउने ६ वर्षदेखिको कसरत हो । २०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले जुटपानी प्रहरी चौकीको ११ कोठे नवनिर्मित भवनको उद्घाटन गरे, त्यसबेलादेखि यस चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन पहल गरिएको थियो । तत्कालीन गृहमन्त्री बादलले जुटपानी प्रहरी चौकीलाई इलाका बनाउन आश्वासन पनि दिएका थिए । तर, ६ वर्षपछि बल्ल जुटपानी प्रहरी चौकीलाई स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय बनाइएको छ । हाल प्रहरी सहायक निरीक्षकको दरबन्दी रहेकोमा सोमबारदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले काम सुरु गरेका छन् । सो इलाकाको प्रमुखमा प्रहरी निरीक्षक मनिस श्रेष्ठलाई खटाइएको छ ।…

थप

काठमाडौं । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको…

थप

काठमाडौं । काठमाडौं प्रहरीले महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले यसपटकदेखि महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रूपमा पुरस्कारको थालनी गरिएको जानकारी दिए । यसपालि नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमीला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको उनले बताए । प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, सांठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट…

थप

काठमाडौं । पछिल्लो समय मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनमा खटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालको कार्यशैलीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन भएको छ । एसपी सिलवालविरुद्ध खुलेयाम असुली धन्दाबारे ३५ वटा उजुरी परेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति नै बनाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । समितिले एसपी सिलवाललाई भदौ १० गतेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ, र भदौ ११ गतेदेखि थप कारबाही अघि बढ्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी सिलवालका कर्तुतहरुबारे प्रदेश प्रहरी कार्यालय…

थप

काठमाडौं । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले सिन्धुली घर भएका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले गौरवको साथबाट सो अवैध रकम र पैसा गन्ने मेसिन समेत बरामद गरेको जानकारी दिए । यस्तै उनको साथबाट १ किलो ४०० ग्राम गाँजा समेत बरामद गरेको छ । अवैध रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ । पक्राउ परेका स्याङ्तान अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा…

थप

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि मृत शरीरको व्यवस्थापन गरेका थिए । विवाह पूर्वका रुबीका प्रेमीका रुपमा चिनिएका लक्ष्मण घट्नापछि फरार छन् । प्रहरी स्रोतका अनुसार, पासवानले शव ठेगान लगाउन गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । शवसहितको सुटकेस ई–रिक्सामा बोकेर पासवान बरहवा पुल पार गर्ने क्रममा ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो । त्यसपछि चालकले अर्को ई–रिक्सा बोलाई दिने प्रयास गरे पनि पासवानले अर्को इ–रिक्सा प्रयोग गर्न मानेनन् । त्यसपछि उनी सुटकेस बोकेर…

थप