काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको लागि ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो ।
समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ ।
Facebook Comments Box
