काठमाडौं । व्यवसायिक भिसामा नेपाल आएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
आज मंगलबार बिहान अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो ।
विभागले उनले काठमाडौँका विभिन्न क्षेत्रमा इसाई धर्मको प्रचार गरेको भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ ।
विभागले उनीमाथि थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ ।
Facebook Comments Box
