Author: Scoop Khabar

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले एक छात्रालाई अनुचित म्यासेज पठाएको आरोपमा बर्खास्त गरेको छ । शिक्षक साह अहिले अभद्र व्यवहारको अभियोगमा प्रहरी हिरासतमा छन् । १६ वर्षीया एक छात्रालाई ‘ह्यापी बर्थ डे मेरी जान’ भन्दै आइतबार पठाइएको म्यासेज सार्वजनिक भएपछि अभिभावक, विद्यार्थी र स्थानीयबासी आक्रोशित बनेका थिए । विद्यालय परिसरमै विद्यार्थीले साहमाथि कुटपिट गरेका थिए भने केहीले विद्यालयमै तोडफोड समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घटनापछि साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीका अनुसार उनीविरुद्ध…

थप

विराटनगर । वैदेशिक रोजगारीका लागि युएई पुगेको २ महिना नपुग्दै इलामको सूर्योदय नगरपालिका–७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडा मृत्यु भएको छ । गम्भिर विरामी परेपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा असार २८ गते मृत्यु भएको हो । विदेश गएर जीवन र मृत्युसँग संघर्ष गरेका लेखनाथले अन्ततः मृत्युलाई जित्न नसकेको यो घट्नाले परिवारमा शोक र छटपटी छाएको छ । लेखनाथ जेठ ५ गते मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा काम गर्न युएई प्रस्थान गरेका थिए। त्यहाँ पुगेको केही समयपछि (असार ८ गतेदेखि नै) नै गम्भिर विरामी परेका उनलाई स्थानीय एआई रोसिड अस्पतालमा भर्ना गरियो । सुरुमा सेतो रक्त कोशिकाको कमी…

थप

काठमाडौँ । कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले जानकारी दिए । शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताए । प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायतका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताए । महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पारे । खासगरी…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले हतियार खरिदको विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले हतियार प्रहरीका लागि नभई नहुने अवस्था आएकाले नै खरिद गर्न लागिएको स्पष्ट पारे । सांसदहरूले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेपछि प्रश्नको जवाफ दिँदै आईजीपी थापाले भने, ‘हतियारका विषय पनि हाम्रो सिलिङभित्र आएका विषयहरू हुन् । यी हाम्रा आवश्यकता हुन् । ननलेथन वेपन्सहरू जस्तो अश्रुग्याँस भयो, रबर बुलेट भयो । ब्यारिकेटिङ भेहिकल्सहरु भयो । टुल्स करियर भेहिकल्सहरू भयो । सवारी साधन, ती आएका…

थप

लमजुङ । बेंसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि १०९ जना कैदी र थुनुवा तनहुँको दमौली र कास्कीको पोखरा स्थानान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार बुधबार परेको भारी वर्षाले कारागारको पश्चिमपट्टि रहेको पर्खाल भत्किएपछि सुरक्षाको कारण स्थानान्तरण गरिएको हो । तीमध्ये ६ महिला सहित ३१ जना दमौली र ७८ जना पोखरा पठाइएका छन् । सशस्त्र प्रहरीको स्कर्टिङमा चारवटा बस र एउटा माइक्रोबसमार्फत उनीहरूलाई स्थानान्तरण गरिएको थियो । उनका अनुसार कारागार मर्मत नभएसम्म उनीहरू पोखरा र दमौलीमै बस्नेछन् । वि.सं. २०२८ मा बनेको यो कारागार ३५ जनाको क्षमता भए पनि हाल १०८ जना राखिएको थियो । जीर्ण संरचनाले थप…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफ्नो संगठनका सुरक्षाकर्मीहरूलाई राशन अभाव रहेको बताएका छन् । उनले भोको पेट र नाङ्गो ज्यानको वावजुद पनि सुरक्षा दिइरहेको उल्लेख गरे । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा बोल्दै अर्यालले एउटा सुरक्षाकर्मीलाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म जम्माजम्मी दुई सय रुपैयाँको खुराक दिइने गरेको वास्तविकता सुनाए । सरकारको बजेटअनुसार सशस्त्रमा एक जना सुरक्षाकर्मीको भागमा दैनिक २०३ रुपैयाँको खाना पर्छ । त्यसमा दुई छाक खाना,बिहानको नास्ता र दिउँसोको खाजा,चिया सबै समावेश हुने गरेको छ । त्यस्तै पोशाकको हालत पनि खाना जस्तै रहेको अर्यालको भनाई छ । सरकारले गत आर्थिक…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । जसमध्ये एक वर्ष कार्यकाल पूरा गरेका केही जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन् । जिल्ला फेरिएकाहरूमा भोजपुर, सल्यान, अछाम र बझाङ छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ । यस्तै कास्की बैदाममा नमराज भट्टराईको काज सरुवा भएको छ । काज सरुवाबारे प्रहरी कर्मचारी प्रशासनले सम्बन्धित प्रहरी अधिकारीलाई मात्रै जानकारी गराएको छ ।

थप

काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डिआईजी) मा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्। तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन्। सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ। यस्तै नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन्। उनी अहिलेका एसएसपीमा…

थप

काठमाडौ ।प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ। अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरी सङ्गठनको छविमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ मा श्रीमतीको हत्या गरी शव गाडेको घटनामा संलग्न हरिराम यादवको गिरफ्तारीमा सागरको विशेष भूमिका रहेको थियो। त्यस्तै, असार १८ गते जनकपुरमा भएको चक्कु प्रहार घटनापछि फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्न सागरले महत्वपूर्ण…

थप

काठमाडौं । मंगलबार स्कुपखबरमा ‘मानव तस्करको मित्र नै गृहमन्त्रीको नीजि सचिव !’ शीर्षकमा समाचार प्रकाशित भएपछि घर पर्वत रहेका उपसचिव दर्जाको बर्दी तिवारीको कर्तुत विस्तारै बाहिर आउँदैछ । तिवारीका कारण गृहमा हलचल पैदा भएको छ । अपराधी मनोवृत्तिका तिवारी पछिल्लो समय चर्चामा रहेको भिजिट भिषा सेटिङका मुख्य नाइके हुन् । जसले गर्दा गृह मन्त्रालय फोहोरले दुर्गन्धित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख तिर्थराज भट्टराई तिवारीका अतिनिकट मानिन्छन् । तिवारीले नै जतिबेला भट्टराईलाई विमानस्थल अध्यागन प्रमुख बनाएर लगेका हुन् । गृहमन्त्री रमेश लेखकसँग अन्तरङ्ग सम्बन्ध स्थापना गरेर नजिक बनेका तिवारीको आदेशमा भट्टराईलाई अध्यागमनको हाकिम बनाइएको थियो । भिजिट…

थप