काठमाडौं । जेनजी प्रदर्शनको क्रममा खण्डहर भएको कोटेश्वरस्थित नरेफाँटको प्रहरी चौकी पुन:स्थापना गरिएको छ ।
‘कोटदेवी विध्यानगर समाज सुधार समिति’ को संयोजनमा पुन: स्थापना कार्य सम्पन्न गरिएको हो ।
समितिले प्रहरीलाई ड्यूटीका लागि एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको प्रहरी चौकी पुन:स्थापना समितिका संयोजक देव चौलागाईंले बताए ।
प्रहरीलाई सधैं सहयोग गर्न आफूहरू तयार रहेको उनले बताएका छन् ।
Facebook Comments Box
