काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी)को युनिफर्ममा राष्ट्रिय झण्डा बोकेर न्यूरोडस्थित प्रहरी वृत्त जनसेवासहितका सरकारी कार्यालय जलाउने युवक पूर्व प्रहरी भएको खुलेको छ। उनको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
उनी हुन् पर्सा घर भएका सुरज कुमार रौनियार। प्रहरी अधिकारीको पोशाक लगाएर आन्दोलन भड्काउने र आगजनी गर्ने काममा उनको संलग्नता देखिएको छ। ती युवकले भिडिओमा भनेका छन्– ‘अब लगालग गर्ने हो, एकदमै लगालग।’
भिडिओमा उनी आफ्नै मोबाइलबाट नारा लगाउँदै र भिडलाई उत्तेजित पार्दै गरेको देखिन्छ। रौनियार भक्तपुरमा कार्यरत रहँदा आपराधिक गतिविधिमा संलग्न भएको भेटिएपछि प्रहरी प्रधान कार्यालयले ०७८ सालमा बर्खास्त गरेको थियो। ठगीमा संलग्नता प्रमाणित भएपछि उनको जागिर खोसिएको जनाइएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक अधिकृतकाअनुसार रौनियार २०८१ सालमा १० लाख रुपैयाँसहितको नगद लुटपाटको अभियोगमा पक्राउ परेका थिए।
जेनजी आन्दोलनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा समेत रौनियारको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ। ‘रौनियार विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न भएको देखिन्छ।
