Author: Scoop Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाइँमा आफू दृढ रहेको बताएका हुन् । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति म पूर्ण रूपमा प्रतिबद्ध छु,’ प्रधानमन्त्री ओलीले संसदमा घोषणा गरे । उनका अनुसार भ्रष्टाचार विरुद्ध सरकारको नीति “शून्य सहनशीलता” को हो । उनले सामाजिक सञ्जाल, हल्ला वा अनुमानको आधारमा होइन, तथ्य र प्रमाणको आधारमा मात्रै कारबाही हुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले निराधार आरोप लगाउँदै आएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘केही मानिसहरूको फेसन नै बनेको…

थप

काठमाडौं । धारिलो हतियार खुँडा देखाएर स्थानीय बासिन्दालाई आतंकित बनाएका एकजना पक्राउ परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै स्थानीयलाई ज्यान मार्ने धम्की दिएका थिए । उनले भानु नगरपालिका–१२ का बलराम अधिकारी र भानु नगरपालिका–१३ का अशोक अधिकारीको घरमै पुगेर खुँडा प्रहार गर्ने प्रयाससमेत गरेका थिए । पीडित परिवारका अनुसार, उनीहरू राति ढोका थुनेर घरभित्र लुकेर ज्यान जोगाउन सफल भएका थिए । लौडारीले खुँडाले घरमा झटारो हानेको र छिमेकीहरूले गुहार मागेपछि प्रहरीले सूचना पाएको थियो । प्रहरी पुगेपछि लौडारी फरार भएका थिए…

थप

सञ्जय मिश्रारौतहट । रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुट्टाछुट्टै प्याक गरिएको प्लास्टिकको पोकाभित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तीब्र गतिमा गाडी भगाएका थिए । प्रहरीको…

थप

काठमाडौं । जापानमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन अब अझै सहज, छिटो र सुरक्षित माध्यम पाउने भएका छन् । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र जापानस्थित प्रतिष्ठित रेमिट्यान्स सेवा प्रदायक येहेई रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी महत्वपूर्ण सम्झौता भएको हो । मंगलबार आयोजित एक कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र येहेई रेमिटका प्रबन्ध निर्देशक नविन निउरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सहकार्यले जापानबाट नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई थप सुलभ र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । अब जापानमा बसोबास तथा रोजगारीमा संलग्न लाखौं नेपालीले येहेई रेमिटको प्रयोगकर्ता-मैत्री मोबाइल एपमार्फत केही मिनेटमै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तलाई…

थप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् । माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए । उपमहासचिव शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो । शर्माले अहिलेका ऐन कानूनहरु…

थप

काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए । सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो । उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका…

थप

काठमाडौं । नेकपा एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन नहुने बताएका छन् । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठक परिसरमा जम्मा भएका सञ्चारकर्मीहरूसँग नेता गौतमले यस्तो भनेका हुन् । उनले भण्डारी सेनाको परमाधिपतिसमेत भइसकेको व्यक्ति भएकाले राजनीतिमा फर्कन नहुने बताए । पूर्वराष्ट्रपति पार्टीमा फर्कने कुरा एमालेको मात्र विषय नभएर समग्र देशकै विषय भएकाले एमालेले मात्र यसको निर्णय नगर्ने पनि बताए । ‘उहाँ देशको प्रमुख भइसकेको तथा सेनाको परमाधिपति भइसकेका कारण राजनीतिमा फर्कने कुरा एमाले एक्लैले निर्णय गर्न सक्दैन,’ गौतमले भने । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयले चासो पाएको छ…

थप

काठमाडौं । सप्तरीको राजविराज–७ स्थित ड्रिम इन्टरनेशनल कलेजका प्रिन्सिपल निलाम्बर कर्ण आफैं आफ्नै कलेजमार्फत एमबीए प्रथम सेमेस्टरको परीक्षा दिइरहेका छन्। मंगलबार युनिभर्सल कलेजमा सञ्चालन भएको दोस्रो दिनको परीक्षामा उनी परीक्षार्थीका रूपमा सहभागी भएका थिए। उनीमाथि परीक्षाको बहानाम भित्रैबाट अन्य विद्यार्थीलाई उत्तर लेख्न सहयोग चोरी गराउने आरोपसमेत लागेको छ। परीक्षा केन्द्र प्रमुख डिल्लीराज खतिवडाले निलाम्बर नामका विद्यार्थी परीक्षा दिइरहेको स्वीकार गर्दै उनी कलेज प्रमुख भएको थाहा नभएको दाबी गरे। खतिवडाले भने, ‘हामीले प्रवेशपत्र लिएर आएपछि विद्यार्थीलाई सहभागी गराउने हौ, क्याम्पस चिफ हो बिषय थाहा छैन्।’ नियमले स्पष्ट रूपमा कलेज प्रमुख वा पदाधिकारीले सोही कलेजबाट परीक्षा दिन नपाउने व्यवस्था गरेको छ। तर…

थप

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर क्षेत्रमा सोमबार धारिलो हतियार प्रहार गरी एक जना भारतीय तिर्थयात्रीको हत्या गरिएको छ। भारतबाट मधुगंगा महादेव दर्शन गर्न आएका तीर्थ यात्रीहरुका बीचमा आपसममै विवाद हुँदा २५ वर्षीय पंकजकुमार भगतको हत्या भएको हो। प्रहरीका अनुसार उनी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको भवदेवपुर-११ का बासिन्दा हुन्। सिन्धुली प्रहरीका एसपी लालध्वज सुवेदीले मृतकको सनाखत उनका माइला दाजु रञ्जित भगतले गरेपछि पहिचान खुलेको जानकारी दिए। प्रहरीले घटनास्थल लामिडाडाबाट चुप्पी र खुर्पा जस्ता धारिला हतियार बरामद गरेको छ। ती हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको अनुमान छ। घटनामा संलग्न भएको आशंकामा भारतीय तीर्थयात्रीकै समूहका अन्य…

थप

जनकपुर । पुरानो प्रेम सम्बन्धमा धोका, ब्ल्याकमेल र मानसिक तनाव दिन थालेपछि जनकपुरमा एक किशोरीले आफ्नै प्रेमीको छुरा प्रहार गरी हत्या गरेको खुलासा भएको छ । जनकपुरस्थित एक होटलमा महोत्तरी पर्सा गाउँपालिका–१ निवासी ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी महोत्तरीकै बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झालाईलाई सार्वजनिक गर्दै प्रहरीले यस्तो खुलासा गरेको हो । विमलेश यादवको हत्याको पछाडि प्रेम सम्बन्धमा आधारित ब्ल्याकमेल र प्रतिशोध देखिएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहका अनुसार यादव र झाबीच पहिले प्रेम सम्बन्ध थियो । पछि विमलेशले झालाई धोका दिँदै अर्कैसँग विवाह गरे…

थप