पर्सा । प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले सात महिनाको छोटो कार्यकालमा संवेदनशील जिल्ला पर्सामा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । गत शुक्रबार मिश्रको जिप्रका पर्साबाट सरुवा भएको छ ।
उनका नेतृत्वमा पर्सा प्रहरी प्रशासन, अपराध नियन्त्रण र समुदाय–मैत्री policing मा बलियो प्रभाव देखियो । एसपी मिश्र अनुशासित, मिजासिला र सफल कमाण्डरका रूपमा परिचित अधिकृत हुन्।
उनका जागिरे अनुभव—इन्स्पेक्टर, डिएसपी र एसपीको रूपमा विभिन्न जिल्लामा—उनको नेतृत्व शैली र अपराध नियन्त्रण क्षमतामा देखिन्छ।
पर्सामा प्रमुख उपलब्धिहरू
कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशमै पहिलो स्थान : पर्सा प्रहरी मधेश प्रदेशमा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्न सफल भयो।
मानव बेचबिखन नियन्त्रणमा उत्कृष्टता : मानव बेचबिखन रोकथाम र उद्दार कार्यमा ७७ जिल्लामध्ये उत्कृष्ट स्थान प्राप्त भयो।
समुदाय–मैत्री policing : ‘जन अदालत’ शैलीको ढोका खुला राखेर नागरिकको गुनासो प्रत्यक्ष सुन्ने अभ्यास सुरु गरियो।
सुरक्षा र अपराध नियन्त्रण : Gen-Z आन्दोलनका बेला वीरगञ्ज कारागार र भाटभटिनी सुपर मार्केट जोगाउने तथा हिन्दु–मुस्लिम दंगा नियन्त्रणमा प्रभावकारी भूमिका। जघन्य अपराध अनुसन्धान र अपराधीलाई कानुनी कठघरामा उभ्याउन सफल।
सीमाक्षेत्र निगरानी : भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा कडाइ, मानव बेचबिखन नियन्त्रण, अवैध कारोबार रोकथाम, महिला र बालबालिकाको सुरक्षा सुनिश्चित।
समाजिक सचेतनामूलक अभियान : स्थानीय समुदायसँगको प्रत्यक्ष सम्पर्क र सचेतनामूलक कार्यक्रमको माध्यमबाट प्रहरी–जनता सम्बन्ध मजबुत।
विदाइ सन्देश
छोटो कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल गरेपछि एसपी मिश्रले पर्साबासीप्रति आभार प्रकट गर्दै बिदा लिएका छन्। उनले फेसबुकमार्फत सन्देश दिएका छन् ।
‘पर्साबासीले देखाउनुभएको माया मेरो मानसपटलमा सदैव रहनेछ। पुनः सम्पूर्ण महानुभावहरूमा धन्यवादसहित हार्दिक आभार व्यक्त गर्दछु। फेरी भेटौंला,’ उनले लेखेका छन् ।
