काठमाडौं । राजधानीमा चलेको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको निर्मम हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विशेष सुराकीका आधारमा काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त दिनको आक्रोशपूर्ण प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत मिलन राय र उत्तम थापाको प्रदर्शनकारीको भीडले कुटपिट गरी हत्या गरेको थियो।
प्रहरीले घटनास्थलका तस्बिर तथा भिडियो विश्लेषणमार्फत संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यलाई तीव्र पारेको छ।
तोडफोड, आगजनी र लुटपाटमा संलग्न अरूलाई पनि क्रमशः पक्राउ गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box
