काठमाडौं । रौतहटको मौलापुर नगरपालिका–९ सोनारनियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर प्रवेश कार्कीको कमाण्डमा खटिएको टोलीले सोनारनियास्थित मनोज जैसवालको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय महेश मुखिया, ३६ वर्षीय रामचलिसा साह कानु, २९ वर्षीय विरेन्द्र साह कलवार, मौलापुर–४ का ३७ वर्षीय विरेन्द्र साह, कटहरिया–४ का ३६ वर्षीय प्रमोद साह, बारा आदर्शकोतवाल–५ का २७ वर्षीय रामबाबु पासवान र ५२ वर्षीय बच्चा प्रसाद भेडिहर रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
डिएसपे कार्कीकाअनुसार उनीहरूको साथबाट नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३ हजार ५ सय भारतीय रुपैयाँ, तासका ५ प्याकेट, ५ वटा स्मार्टफोन र १ वटा किप्याड मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकामाथि जुवा सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।
