Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन् । आइतबार भएको मतदानमा लामिछानेले प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई हराएर जित हात पारेका हुन् । लामिछानेले ७ हजार १५२ भोट ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धि श्रेष्ठले ५ हजार १९३ भोट ल्याएका हुन् । जापानको एनआरएनए चुनावमा १२ हजार ३४५ जनाले मत खसालेका थिए । लामो समयदेखि जापानमा बस्दै ब्यवसाय गर्दै आइरहेका उनले यस पटक चुनावमा जित हासिल गरेका हुन् । अहिले विभिन्न देशहरूमा एनआरएनएको नयाँ नेतृत्व चयन भइरहेको छ ।
काठमाडौं । पछिल्लो समय मधेस प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । तर, पुरातन अपराधबाहेक आर्थिक अपराध, आत्महत्या, लागूऔषध, सकड दुर्घटना जस्ता घटनाहरुमा वृद्धि भइरहेको प्रहरीको तथ्यांकले देखाएको छ । सामाजिक अपराध अन्तर्गत घरेलु हिंसाको कसुरहरुको उजुरी संख्यामा केही वृद्धि भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै तस्करी र राजश्व छलीका घटनाहरु विगतमा जस्तै नभएता पनि आशातीत रुपमा नियन्त्रण गर्न प्रहरीले सकिरहेको छैन । केही हदसम्म नियन्त्रण भएपनि आगामी दिनमा संयुक्त रणनीति बनाइ सबै साझेदार निकायहरु एकजुट भइ लाग्न आवश्यक देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । यसैगरी,…
अध्यक्षका बाउन्सरले खुकुरी नचाएपछि ग्रामथानको गाउँसभा विथोलियो, उपाध्यक्षसहित ९ जनाले दिए प्रहरीमा जाहेरी
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेटविहीन भएको छ । गत असार २७ गतेको गाउँसभामा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेपछि सभा अवरुद्ध भएको थियो । सो दिनको घटनापछि गाउँसभा दोहोरिन सकेको छैन, जसका कारण हालसम्म बजेट पास हुन नसकेको हो । घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि मोरङ जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर पुगेका छन् । उनीहरूले चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध अभद्र व्यवहार तथा सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप लगाएका छन् । ७ वटा वडा रहेको पालिकामा उपाध्यक्ष गुणावती धामी थारु, वडा नं. १ का वडाध्यक्ष सुरेश कुमार…
काठमाडौं । ४ जना प्रहरी सहायक निरीक्षक (असई) सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन ७ दिनको समय दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर हुनेमा प्राविधिकतर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान करिब १ः३० बजे ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया श्रीमती रविना ठाडामाथि चिर्पट प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि फरार हुने अधिकांश घटनाहरूको विपरीत, ठाडाले आफैंले प्रहरीलाई फोन गरेर आफूलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए । प्रहरीका अनुसार उनले पहिलो फोन वडाध्यक्षलाई गरेका थिए र त्यसपछि करेखोला प्रहरी पोष्टका हवल्दारसँग सम्पर्क गरेर हत्या गरेको स्वीकार गरेका थिए । उनको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले बिहान करिब २ः३० बजेतिर ठाडालाई नियन्त्रणमा लिएको थियो ।…
गृहमन्त्रीले गरे संकटग्रस्त क्षेत्रका स्थानीय तहका प्रमुख/अध्यक्षहरू र प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशसहित तराई-मधेशका स्थानीय तहका प्रमुख/अध्यक्षहरू र प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘भर्चुअल’ रुपमा आयोजित समन्वयात्मक बैठकमा मन्त्री लेखकले नागरिकको पीडामा सरकार गम्भीर रहेकोले गृह मन्त्रालयको प्रस्तावमा मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । मन्त्री लेखकले खानेपानी र सिंचाईको समस्या भएका स्थानका साथै प्राथमिकताका आधारमा डिप ट्युववेल, डिप बोरिङ जडान गर्ने स्थानहरुको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । मन्त्री लेखकले पानीको स्रोत नभएका वा सुकेका स्थानमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता…
काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम ३७ मिलिग्राम खैरोहिरोइन बरामद भएको प्रहरीले जनाएको छ । मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका पासवानलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो । तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डिआइजी चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक…
श्रीमती हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध: ३ वर्ष लिभिङ टुगेदरमा बसेपछि प्रेमीकाको हत्या, भाग्दै गर्दा अभियुक्त पक्राउ
काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरमा तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले गएराति प्रेमिकाको निर्मम हत्या गरेका छन् । प्रेमिका २२ वर्षीया निर्मला थापाको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रकाशले सलले घाँटी कसेर निर्मलाको हत्या गरेका हुन् । बर्दिया घर भएका सुनार विवाहित र दुई सन्तान (एक छोरा र एक छोरी)का पिता हुन् । दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन् भने प्रकाश नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेन पदमा कार्यरत थिए । उनीहरू बेलासपुरस्थित एउटै डेरामा सँगै बस्दै आएको खुलेको छ । निर्मलाको हत्या गरेपछि…
काठमाडौं । चितवन प्रहरीले साढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्टेनर चालक भारत बिहार राज्य पूर्वी चम्पारणको तुर्कालिया बस्ने वर्ष ३७ का शेख सविल अख्तर रहेका छन् । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१ नम्बरको कन्टेनर ट्रक चेकजाँच गर्दा ६७१ किलो ६ सय ग्रामको ४३ वटा पोका गाँजा बरामद गरिएको एसपी पुरीले बताए । काठमाडौंबाट…
काठमाडौं । नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले ५ सय वृक्षारोपण गरेको छ । नेपाल प्रहरीको बिशेष कार्यदल कपन र रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ को संयुक्त आयोजनामा कपनस्थित बिशेष कार्यदलको परिसरमा फलफूलका बिरुवा रोपिएका हुन् । वृक्षारोपण नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली र रोटरी इन्टरनेश्नलका ‘लिड चेयर’ रोटरीयन विष्णुहरि दाहालले संयुक्तरुपमा वृक्षारोपण गरेका छन् । यसमा रोटरी क्लब अफ मातृभूमि बलुवाटारसहित विभिन्न आठ वटा क्लब समाबेश छन् । वृक्षारोपण गर्दै एसपी ज्ञवालीले ‘यस्ता सृजनात्मक कामले पर्यावरणमा सकारात्मक प्रभाव पर्ने र अक्सिजनसहित शितलता प्रदान गर्ने बताए । रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ का गभर्नर बिनोद…