एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय कुमार मल्होत्राको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ९४ वर्षीय मल्होत्राको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो।
उनको निधनप्रति भाजपा दिल्लीले दुःख व्यक्त गरेको छ।
भाजपा दिल्लीले विज्ञप्ति जारी गरी भनेको छ, ‘वरिष्ठ भाजपा नेता तथा भाजपा दिल्लीका प्रथम अध्यक्ष प्रोफेसर विजयकुमार मल्होत्राजीको आकस्मिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। दुःखको यस घडीमा सम्पूर्ण भाजपा परिवार उनको परिवारको साथमा छ।’
यस्तै उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुस्ख व्यक्त गरेका छन्। मल्होत्रा भाजपा दिल्लीका प्रथम अध्यक्ष थिए।
Facebook Comments Box
