काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको काज सरुवा गरेको छ ।
स्रोतका अनुसार डिएसपी पुष्प मल्ल र डिएसपी सत्यनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा सरुवा गरिएको छ । त्यस्तै, डिएसपी गणेश बमलाई जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा गरिएको हो ।
हालै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरुवासमेत भएको अवस्थामा डिएसपी स्तरमै पनि सरुवा भएको भन्दै संगठनभित्र चासो बढेको छ ।
Facebook Comments Box
