काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुर प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले सम्हालेका छन् । आइतबार कार्यालय परिसर पुगेर बोगटीले कमाण्ड सम्हालेका हुन् ।
ललितपुरमा कार्यरत श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । जेनजी प्रदर्शनको क्रममा ललितपुरका प्रहरी युनिटहरुमा प्रदर्शनकारीले आगजनी र लुटपाट गरेका थिए ।
त्यस्तै, एसएसपी शिव श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ । श्रेष्ठ धरानस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।
Facebook Comments Box
