काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
जानुका पाठक (शोभा) ले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई प्रहरीले व्यूताएर अनुसन्धान थालेको हो ।
यसअघि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो ।
सरकारी वकिलको कार्यालयले पठाएको पत्रमा बस्नेतले फेसबुकमा एक महिलालाई उदृत गर्दै लेखेको विषयबारे स्पष्ट पार्न, सो पोष्ट कुन प्रयोजनका लागि गरिएको हो भन्ने खुलाउन र अनुसन्धानपछि रायसहित प्रतिवेदन पेस गर्न भनिएको छ।
सोही जाहेरीलाई आधार मानेर नेता बस्नेतलाई पक्राउ गर्ने तयारी थालिएको बताइएको छ ।

