Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का एक पूर्व सैनिकले १० धुर जग्गा आफ्नो नाममा गर्न जीवितै श्रीमतीको मृत्यु प्रमाणपत्र तयार गरेको खुलासा भएको छ । यो घटनाले एकातर्फ स्थानीय तहको दर्ता प्रणालीमा देखिएको गम्भीर कमजोरी उजागर गरेको छ भने अर्कोतर्फ मृत्यु दर्ता गरिएकी महिलाले ‘पुनर्जन्म’ को लडाइँ लड्नुपरेको छ । पीडित ३८ वर्षीया गोमतीदेवी गिरीका अनुसार उनका श्रीमान् दयाराम गिरीले २०७६ साल फागुन ५ गते मृत्यु भएको मिति राखी सोही महिनाको २० गते वडा कार्यालयबाट उनको मृत्यु भएको भनी झुटो प्रमाणपत्र बनाएका थिए । जसमा तत्कालीन पञ्जिकाधिकारी गुरूदेव विकले प्रमाणीकरण गरेका छन् । यो कुरा उनी स्वयमले ६ वर्षपछि थाहा…
माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौता साउन २९ गते भएको हो । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य १००० का दरले हुन आउने रकम ३ अर्ब बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज…
काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पीटलमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरे ।
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताए । मन्त्री अधिकारीले अहिले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए । हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने…
काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी)माथि कारबाहीको तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी अस्पतालमा कार्यरत एसपी डा. अर्जुन प्रसाद डुम्रेमाथि कारबाहीको तयारी गरेको हो । चिकित्सक समेत रहेका एसपी डुम्रेले प्रहरीको फौजी पोशाकमै बल्खुस्थित नेपाल वर्नहाट कलेजको प्रचार गरेको भिडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोध्ने तयारी गरिएको हो । नेपाल प्रहरी अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत एसपी डुम्रेमाथि प्रहरी आचरणविपरीत गतिविधि गरेको आरोप लागेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले कुनै पनि प्रहरी कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बाहिर गएर गतिविधि गर्न नपाउने उल्लेख गर्दै डुम्रेको विषयमा अनुसन्धान भइरहेको बताए । प्रहरीको युनिफर्ममै आफ्नो…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकमाथि न्यायालयलाई प्रभावित पारेको आरोप लगाएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीको सचिवालयबाट उजुरी तयार पारेर न्याय परिषद्मा पठाइएको दाबी गरिन् । सांसद कार्कीले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको अभिव्यक्तिलाई उद्धृत गर्दै गृहमन्त्रीले मानव तस्करीको मुद्दामा मात्र नभई न्यायालयमा हस्तक्षेप गरेको बताइन् । उनले गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीको कार्यकक्षबाट उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि विभिन्न ठाउँमा पठाइएको सूचना बाहिरिएको खुलासा गरिन् । ‘उजुरी गृहमन्त्रीको सचिवालयबाटै न्याय परिषद्मा योजनाबद्ध रूपमा पठाइयो, यस्तोमा स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ ?’…
काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डर सेटिङ प्रकरणको छानविनमा सार्वजनिक खरिद अनुगमन कार्यालयको भूमिकामाथि प्रश्न उब्जिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि सो प्रकरणमा छानविनका लागि कार्यालयले २२ साउनमा उपसचिव विनोदकुमार कोइरालाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । उक्त छानबिन समितिलाई उक्त विषयमा अध्ययन गरी कानुनबमोजिम सिफारिस गर्न एक साताको समय दिइएको थियो । उक्त दिइएको समय आज सकिएपनि छानबिन अझै नसकिएको हो । रहस्यमय रुपमा छानविनमा ढिलाई भएपछि कार्यालयमाथि प्रश्न उठ्न थालेको छ । उजुरीलगत्तै अख्तियारले प्रारम्भिक अध्ययन गर्दा शंकास्पद देखिएको भन्दै विस्तृत छानबिन गर्न कार्यालयलाई पत्राचार गरेको थियो ।…
काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डर सेटिङ प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको ग्रिन सिग्नल रहेको बुझिएको छ । प्रहरीको प्रबन्ध निर्देशनालयका एसपी नवराज मल्ल र लामो समयदेखि प्रबन्धमा कार्यरत इन्स्पेक्टर रुद्र गिरीले आईजीपी थापाको ‘ग्रिन सिग्नल’अनुसार सामान खरिदको टेन्डर सेटिङको काम गरेका हुन् । जुन विषय अहिले चर्चामा छ । आईजीपी थापा घर जाने दिन नजिकिँदै गर्दा उक्त विषय झनै पेचिलो बन्दै गइरहेको छ । जसकारण आईजीपी थापा आफ्नो कार्यकालमा उक्त सामान जसरी पनि खरिद गर्ने लाइनमा रहेको स्रोत बताउँछ । ‘आईजीपी थापाको अनुमतिबेगर प्रबन्धमा कार्यरत डिआईजी, एसपी, इन्स्पेक्टर वा कुनै पनि कर्मचारीले…
काठमाडौं । गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज केहीबेर अघि भएको निर्णयअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन हमाललाई मन्त्रालयमा तानिएको हो। उनको स्थानमा दाङका प्रजिअ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाइएको हो। उनलाई तान्नुको कारण हालै कैलाली जिल्ला कारागारमा भएको गम्भीर घटना रहेको बताइएको छ। कारागारभित्र कैदीबन्दी बीचको झडप र सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण एक कैदीको मृत्यु भएको र केही घाइते भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको थियो। घटनापछि कारागारभित्रको सुरक्षा प्रबन्ध र प्रशासनिक नियन्त्रणमा व्यापक प्रश्न उठेको थियो । गृह मन्त्रालयका अनुसार, नयाँ प्रजिअ लम्साललाई तत्कालै कैलाली पुगेर कारागार सुरक्षा व्यवस्था…
काठमाडौं । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम जोडिएको भए पनि उनलाई उन्मुक्ति दिइएको छ । सीआईबीले गुरुङलाई प्रतिवादी नबनाई अन्य ११ जनालाई ठगीको अभियोगमा कारबाही सिफारिस गरेको छ। मितेरी सहकारी ठगी प्रकरणमा करिब १५ करोड रुपैयाँ हिनामिना भएको आरोप लागेको छ । उक्त प्रकरणमा गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसहित बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान…