काठमाडौं । हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल फेला परेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-५ स्थित टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा टाइप-५४ चाइनिज पेस्तोल फेला परेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।
उक्त पेस्तोल जेनजी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको अनुसन्धानबाट थाहा भएको छ ।
पेस्तोल कुन युनिटको हो भन्नेबारे यकिन गर्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
Facebook Comments Box
