दाङ । दाङ प्रहरीले घोराही उपमहानगरपालिका क्षेत्रबाट १३ जना जुवाडेहरूलाई नगद ४ लाख रुपैयाँसहित पक्राउ गरेको छ।
आइतबार राति घोराही–१५ काठेकोहलस्थित होटल टी–थ्री मा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो।
त्यहाँबाट घोराही–१८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित ९ जनालाई पक्राउ गरिएको हो। उनीहरूबाट नगद ३ लाख ४५ हजार ९१५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
अर्याल नेकपा (एमाले) बाट निर्वाचित वडाअध्यक्ष हुन्।
पक्राउ परेका अन्य व्यक्ति
कृष्ण बहादुर घर्ती (४५, घोराही–१८, पूर्व वडासदस्य)
नारायण प्रसाद अधिकारी (६४, घोराही–१४)
माधव भण्डारी (४१, घोराही–१८)
बिक्रम केसी (३७, घोराही–१७)
लंक बहादुर बुढा (४६, घोराही–१८)
सागर बुढा (१८, घोराही–१८)
प्रबिन रावत (३२, तुलसीपुर–१२)
तेज प्रसाद आचार्य (३०, राप्ती गा।पा।–२, पाखापानी)
त्यसैगरी, घोराही–१५ काठेकोहलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जना पनि पक्राउ परेका छन्।
उनीहरूबाट ६० हजार ६४० रुपैयाँ बरामद गरिएको हो।
पक्राउ पर्नेहरुमा अनुप कशौधन (३०, घोराही–१८, रझेना), ज्ञानेन्द्र रिजाल (४१, घोराही–१५, काठेकोहल), एकराज खत्री (३४, घोराही–१५, काठेकोहल) र सोहेलमान मनसुरी (३२, घोराही–१४) रहेका छन् ।
दुईवटा फरक स्थानमा प्रहरी निरीक्षक कविराज रोकायको नेतृत्वमा गएको टोलीले जुवाखालमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।