पर्सा ।सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१७ अलौ पोस्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ९८५ ग्राम गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीले कार्तिक बिहिवार बिहान करिब ८ः५० बजे सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले नेपालबाट भारततर्फ साइक्लमा जाँदै गरेका वीरगंज–२६ अठराहा बस्ने अन्दाजी ७४ वर्षीय इस्लाम अन्सारीलाई चेकजाँच गर्ने क्रममा उनको झोलामा लुकाइएको करिब १ किलो ९८५ ग्राम गाँजा फेला पारेको हो।
गाँजा सहित साइक्लमा यात्रा गरिरहेका अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोही दिन दिउँसो करिब २ः०० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
