Author: Scoop Khabar

द्वारिका प्रसाद घिमिरे बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन ऐन मिति २०८२वैशाख २४ मा प्रमाणिकरण भएसँगै चेक भुक्तानी सम्बन्धि सम्पुर्ण कसुरहरुअनुसूची-१ अन्तर्गतको फौजदारी कसुर भएबाट पहिला जस्तो १ वर्ष हदम्याद समाप्त भएका चेकहरु विनिमय अधिकार पत्र ऐन २०३४ अन्तर्गत ५ वर्ष हदम्यादले सिधै देवानी प्रकृतिको कसुरमा सम्मानित अदालतमा प्रवेश पाउने अवस्था विद्यमान छैन । केवल अब चेक अनादरका मुद्दाहरुको अनुसन्धान नेपाल प्रहरीबाटै हुने भएकोले अरु अनुसन्धान पद्दतीअनुसार नै हुनेछ भने चेकलाई अनादर प्रमाणित गराउने फरक किसिमको कार्यविधि आएको छ । संशोधित ऐन अनुसार मिति २०८२/०३/२६ मा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेखी नयाँ कार्यविधी पठाइसकेको छ ।…

थप

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार मात्रै पार्टी प्रवेश गरेका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको खुलेपछि सदस्यता खारेज गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए । मुख्यसचिव पौडेलले भने, ‘तर, बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’ यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन्…

थप

काठमाडौं । श्रीमान श्रीमतीको झगडा मिलाउन गएको प्रहरी टोलीले पेस्तोल बरामद छ । तपाईलाई सुन्दा पनि अचम्म लाग्ला । तर, यो सत्य घटना हो । बिहीबार राति १२ बजेतिर काठमाडौं महानगरपालिका–१६, चमतीमा डेरा गरी बस्ने शिवराज दराईकी श्रीमतीले आफूलाई श्रीमान‍्ले कुटपिट गरेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । ‘श्रीमान्–श्रीमतीको झगडाको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले भने, ‘प्रहरी पुगेपछि शिवराज दराई भागे । त्यसपछि शंका लागेर कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अटोमेटिक पेस्तोल एक थान, मालाग्नेम्याग्जिन दुई थान र सात राउन्ड गोली बरामद भएको छ ।’ भागेका…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रहरीका भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् । शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उहिलेको अवस्था हेर्दा अहिले प्रहरीको अवस्थामा धेरै सुधार भइसकेको बताएका हुन् । ‘पहिले यस्तो प्रहरी कार्यालय प्रदेशमा कल्पना गर्न सकिन्थ्यो ? यहाँ मात्र होइन कुनै प्रदेशमा सकिन्थ्यो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले यस्ता भवन त अस्पताल कति, कार्यालय भवन कति, प्रशासकीय भवन कति, प्रहरीका भवन कति ।’ ‘अहिलेको प्रहरीलाई थाहा छैन, पहिलेको प्रहरीको युनिफर्म कस्तो हुन्थ्यो ? खासमा भन्ने हो भने हाम्रो प्रहरी महानिरीक्षक दीपक थापाले पनि देख्या छैन । उहाँहरू जागिर…

थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दलीय आवरणमा गुण्डागर्दीमा संलग्न चार जनालाई धरौटीमा रिहा गरेको छ । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्ने सानुभाइ भनिने युवराज गुरुङ, ओम्नियाका सञ्चालक गुरुङ र उनको योजनामा सानुभाइमाथि आक्रमण गर्न गएका रवीन्द्र गुरुङ र दीलबहादुर तुम्बापो धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले सानुभाइलाई २५ हजार र ओम्नियाका सञ्चालक गुरुङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ भने रवीन्द्र र दीलबहादुर पनि २०–२० हजार धरौटीमा रिहा भएका छन् । यही साउन १४ गते राति ठमेलको नगरकोट दोहोरी साँझमा गुरुङबाहेकलाई प्रहरीले नियन्त्रणमा लिएको थियोे । पक्राउ परेका रवीन्द्र र…

थप

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १४ अर्ब १२ करोड रुपैयाँ छ ।त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष ५ अर्ब ११ करोड छुट्याएकोमा गत आर्थिक वर्ष ५७ करोड छुट्याइएको छ । बैंकको वार्षिक प्रतिसेयर…

थप

काठमाडौं । नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्वडीआइजीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, नेपाली सेनाका पूर्वकर्णेल डा. प्रद्युम्न पौडेल (एजम्र) सशस्त्र प्रहरीका पूर्वडीआइजी दुर्गा भट्टराई रास्वपामा प्रवेश गरेका हुन् । सोही अवसरमा सशस्त्र प्रहरीका पूर्वएसएसपी विश्वेश्वर थापा र अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर तथा रेउकाई नेपालकी पूर्वअध्यक्ष शोभा जोशीले पनि पार्टीमा आबद्धता जनाएको झाले बताए । नवप्रवेशीहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले पार्टीको लोगो लगाएर स्वागत गरेका थिए ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभाग स्रोतका अनुसार केही दिनअघि थापालाई अमेरिकाले डिपोर्ट गरेको हो । थापालाई गत फागुनमा अमेरिकामा पक्राउ गरिएको थियो । अमेरिकी फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) ले उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखेको थियो । प्रारम्भिक रूपमा थापामाथि अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा सञ्चालन गरेको आरोप लागेको बताइएको छ । यसअघि उनीमाथि सवारी लाइसेन्स दुरुपयोगको आरोपमा कारबाही भइसकेको थियो । रास्वपाले यसअघि नै थापालाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको थियो । केन्द्रीय सदस्य थापामाथि अनुसन्धानको आरम्भको सन्दर्भमा, पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले उनलाई मन्त्री बनाउन तीन करोड…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्याका फरार प्रतिवादीलाई पार्टीमा भित्र्याएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई कांग्रेसमा प्रवेश गराएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रहरीको खोजी सूचीमा रहेका यादवलाई बिहीबार पार्टीमा भित्र्याएर स्वागत गरेका हुन् । यादवको स्वागत कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित देखिन्छन् । महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते…

थप

काठमाडौं । १५ दिनअघि सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्ने लहान नगरपालिका–२४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको सुराक फेला पार्न सिरहा प्रहरीले प्रयोग गरेको मुख्य प्रमाण भने घटनास्थलमा भेटिएको एउटा चप्पल हो, जसले अनुसन्धानलाई निर्णायक मोडमा पुर्‍याएको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । सिरहाका एसपी अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले वृद्धको घर पसेका थिए । घरभित्र छिरेपछि फनिलालले प्रतिरोध गर्न खोजेपछि चौधरीले साथमा रहेको खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार…

थप