काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवि काफ्लेलाई बढुवा गर्न सिफारिस गरेको हो ।

Facebook Comments Box
