Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो सद्भाव रहेको बताएकी छन् । मंगलबार रास्वपाका सांसद समेत रहेका प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले सो कुरा बताएकी हुन् । झासहितका केही नेताहरु आज बिहान भण्डारीलाई भेट्न बूढानिलकण्ठस्थित निवासमै पुगेका थिए । सो क्रममा १० बजेदेखि साढे ११ बजेसम्म कुराकानी भएको प्रवक्ता झाले बताए । उनले कुनै विशेष राजनीतिक एजेण्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरुपको भेटघाट भएको बताए । ‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टा को कुराकानी छलफल भयो,’ उनले भनेका छन्, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा…
पर्सा क्षेत्र नम्बर २मा शेखर समूहको अमात्यको उम्मेदवारी घोषणाले देउवा गुटको निन्द हराम
वीरगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र बहादुर आमात्य पर्सा–२ बाट उम्मेदवारीको तयारीमा छन्। उनी संविधानसभा सदस्यका रूपमा २०७० सालमा पर्सा–१ बाट विजयी भई संविधान निर्माणमा सक्रिय भएका थिए। अहिलेको यो ‘कमब्याक’ले कांग्रेसभित्र शक्ति सन्तुलन बदल्ने संकेत दिएको छ। अघिल्लो चुनावमा नेपाली काग्रेस बाट बिजयी अजय कुमार चौरसियाको क्षेत्रमै आमात्य प्रवेश गर्न लागेपछि स्थानीय राजनीति नयाँ मोडमा पुगेको विश्लेषकहरूको भनाइ छ। २०७९ को चुनावमा अमात्यलाई टिकट नपाई नेपाली काग्रेसको केन्द्रीय सदस्य समेत रहेका अजय चौरसियालाई टिकट पाएको थियो।चौरसिया जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई झिनो मतको अन्तरले पराजित गरेका थिए।चौरसिया नेपाल सरकारको कानुन मन्त्री हुन्। चौरसिया मन्त्री भएपनी उनको कामकाजले क्षेत्र…
काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ। यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन्। यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जनाएको छ । इसेवाले यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै…
काठमाडौं । अटोमोबाइल्सले बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी–२३ (iCAUR V23)’ सार्वजनिक गरेको छ । गैरीधारास्थित सिल्भर ओकमा शुक्रबार आयोजित ‘प्रिभ्यू कार्यक्रम’मार्फत कम्पनीले यस मोडेल प्रस्तुत गरेको हो । चीनको प्रमुख अटोमोबाइल निर्माता चेरि ग्रुपअन्तर्गतको नयाँ ब्रान्ड ‘iCAUR’ को यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक गरिएको थियो । चेरि ग्रुपले दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान सुरक्षित गर्दै विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ । आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको iCAUR V23 साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर…
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् तत्काल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको उल्लेख गरे । तर, नेपाली कांग्रेसतर्फका मन्त्री हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । संख्याका आधारमा वर्तमान सरकार बलियो अवस्थामा रहेको बताए । सरकार पूरै अवधि चल्ने उनले जिकिर गरे ।
काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको लागि ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो । समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ ।
काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ । नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे । नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए । त्यसअघि…
कपिलवस्तु कृष्णनगर । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कपिलवस्तु जिल्लाको उत्कृष्ट कृष्णनगर नगरपालिका चौँथो उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ताजा नतिजा अनुसार कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ७५.७५ प्रतिशत अंक ल्याउँदै जिल्लामा चौथौ भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ म ८५.५ प्रतिशत अंक ल्याउँदै हासिल गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको मूल्याङ्कन गर्दै…
काठमाडौं । व्यवसायिक भिसामा नेपाल आएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । आज मंगलबार बिहान अमेरिकी नागरिक डानियल एस कर्नीलाई अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो । विभागले उनले काठमाडौँका विभिन्न क्षेत्रमा इसाई धर्मको प्रचार गरेको भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ । विभागले उनीमाथि थप अनुसन्धान जारी रहेको पनि जानकारी दिएको छ ।
काठमाडौं । चितवनको कालिका नगरपालिका–७ मा रहेको जुटपानी प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालय बनाउने ६ वर्षदेखिको कसरत हो । २०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले जुटपानी प्रहरी चौकीको ११ कोठे नवनिर्मित भवनको उद्घाटन गरे, त्यसबेलादेखि यस चौकीलाई इलाका प्रहरी कार्यालय बनाउन पहल गरिएको थियो । तत्कालीन गृहमन्त्री बादलले जुटपानी प्रहरी चौकीलाई इलाका बनाउन आश्वासन पनि दिएका थिए । तर, ६ वर्षपछि बल्ल जुटपानी प्रहरी चौकीलाई स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय बनाइएको छ । हाल प्रहरी सहायक निरीक्षकको दरबन्दी रहेकोमा सोमबारदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले काम सुरु गरेका छन् । सो इलाकाको प्रमुखमा प्रहरी निरीक्षक मनिस श्रेष्ठलाई खटाइएको छ ।…