काठमाडौं । यहीँ मिति २०८२ साल कार्तिक १२ गतेका दिन लामो खिचातानीका बाबजुत मुख्य मन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरुको सरुवा गरेको छ।
वन तथा वातावरण मन्त्रालयका वन सचिव डा. केदार वरालको टिप्पणी र आदेश सिफारिमा मुख्य मन्त्री कार्यालयले सो सरुवा गरेको हो ।
सरुवा भरखर भएको जेनजी आन्दोलनको भावना र चाहना विपरीत पार्टीका क्याडर वेसमा भएको मानिएको छ ।
मर्कामा परेका सोही मन्त्रालयका कर्मचारीहरुले नाम नवताउने सर्तमा उक्त कुरा बताए ।
यस सरुवा व्यापक भनसुन र आर्थिक लेनदेन भएको स्रोतकाे दावी छ ।
सरुवा के मापदण्डका आधारमा भएको हो भनी बुझ्दा वन सचिव डा. केदार वरालले भन्नु भयो, यसमा वन मन्त्रालयको कुनै हात छैन।
मुख्यमन्त्री कार्यालयको अधिकार क्षेत्र भएकाले हामीलाई केही थाहा छैन ।
वन मन्त्री माननीय भरत वहादुर केसी पनि सोही कुरा गरी पन्छीनु भयो ।
उता प्रमुख सचिव भोपाल वरालले भने वडो स्पष्ट शव्दमा मुस्कान साथ भन्नु भयो, यसमा हाम्रो केही हात छैन ।
समय र मापडण्डको आधारमा वन मन्त्रालयले पेश गरेको टिप्पणी हो भन्ने आधारमा सदर गरेको मात्र बताए । यसमा कुनै चलखेल भनसुन भएको छैन।
यसरी निर्णयकर्ता विच फरक फरक मत व्यक्त भएता पनि वन मन्त्रालयकै मुख्य हात रहेको वुझ्न सकिन्छ ।
यसबाट के वुझिन्छ भने यस सरुवा मुलत राजनितिक र रकमको चलखेल वरपरबाट भएको अनुमान लगाउन सकिन्छ ।
स्वार्थका सरुवा हुन सफल हुनेमा दोलखाबाट कृष्णराज न्योपानै लगातार ५ औ पटक डिभिजनल वन अधिकृतका रुपमा पुनः सिन्धुली मरिणमा
सरुवा हुन सफल हुन भएको छ।
उनि यस अघि रामेछाप, ललितपुर, सिन्धुली, दोलखा हुँदै हाल पुनः सिन्धुलीको मरीण डिभिजनमा सरुवा
हुनभएको छ ।
यता ह्याट्रीक गर्न सफल हुनेमा धादिङका विष्णु प्रसाद आचार्य पर्नु भएको छ ।
उनी राप्ती, धादिङ् हुदैँ हाल चितवन सरुवा हुनु भएको बताएको छ ।
दुई वर्षको कानुनी मापदण्डको हवाला दिदै रोशना पोखरेल दोश्रो पटक नुवाकोटबाट धादिङ्ग सरुवा हुन भएको छ ।
कतिसम्म भने विगतमा आठौ तहमा रहँदा समेत सत्ता रकमको चलखेलमा रसुवामा डिभिजनल वन अधिकृतका रुपमा २ वर्ष कार्य गरेको वन अधिकृत अनिल रेग्मी हाल दोलखा जिल्लामा सरुवा भएका छन ।
उनी सँगै वढुवा भएका सिनिएर अधिकृत रामशरण गौतमको भने सरुवा नियतवत गरिएको छैन ।
सरुवा हुने अन्यमा अजयविक्रम मानन्धर वन मन्त्रलय, थीर वहादुर कार्की वन निर्देशनालय, विश्व कोइराला गोदावरी वन तालिम केन्द्र, श्रद्दा सिग्देल भक्तपुर डिभिजन वन कार्यालय तथा प्रदिप नाथ शर्मा डिभिजन वन कार्यलय नुवाकोट रहेको छ ।
उता लामो समयदेखि वन निर्देशनालयमा कार्यरत सिनियर वन अधिकृत प्रह्लाद प्रसाद धिताल, ओमसागर भण्डारी, लोकनाथ लम्सालको सरुवा गरिएको
छैन ।
वन प्रशासनलाइ चुस्त र दुरुस्त राख्ने र कार्य क्षमतालाइ वढाउने गरी निश्चित मापडन्ड वनाइ सरुवा गरिने प्रतिवद्दता राख्दै मन्त्री पद भार ग्रहण गर्दै वन मन्त्री भरत वहादुर केसीले यहीँ भाद्रको पहिलो हप्तामा वन तथा वातावरण मन्त्रालयको सभाहलबाट सम्वोधन गरेको २
महिना नवित्दै उनै मन्त्रीबाट विवादास्पक सरुवा हुनु वोलीको भरोसा र ठेकान नभएको नेतृत्व भएको वुझिएको छ।
यो एक गम्भीर विडम्वना वाहेक केही हुन सक्दैन ।
यो भन्दा चरम प्रशासनिक भ्रष्टाचार के हुन सक्ला ? के यसले भरखर सम्पन्न भएको जेनजीको आन्दोलनको भावनालाइ सम्वोधन गर्न सक्ला ? यसरी नै वन नेतृव्व सफल हुने ठोस आधार के ?
