काठमाडौं । सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि विभिन्न आरोप लगाएपछि गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री अर्यालले गृह मन्त्रालयको संवेदनशीलता उल्लेख गर्दै भनेका छन्- ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’
उनले आफ्नो पदमा रहँदा शुद्ध मनले काम गरिरहेको बताउँदै थप लेखेका छन्- ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प छैन । कार्यकालको अन्त्यमा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ।’
गृहमन्त्री अर्यालले सुशासन र निर्वाचन मार्फत देशलाई निकास दिने सरकारको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
उनकाअनुसार पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।
