Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीको राजीनामा मागेकी हुन् । ‘गृहमन्त्रीले मात्रै राजीनामा दिएर हुन्न,’ तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ।’

थप

काठमाठौं । महानायक राजेश हमालले भ्रष्टाचारविरुद्धको प्रदर्शनमा राज्यको कठोर दमनप्रति गहिरो चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेपाली नागरिक भएकोमा आफूले यति ठूलो लज्जा कहिल्यै महसुस नगरेको बताए । राजनीतिक मुद्दामा सामान्यतः मौन रहने हमालले सोमबारको घटनापछि सामाजिक सञ्जालमा लेखे’ ‘राष्ट्रको रूपमा हामीले हाम्रा युवाहरूलाई उज्ज्वल भविष्य दिन नसकेर मात्र होइन, उनीहरूको वर्तमान पनि खोसिरहेका छौँ । म अहिले विदेश यात्रामा छु, र नेपाली भएकोमा यति गहिरो लज्जा मैले कहिल्यै महसुस गरेको थिइनँ। आजको दिन नेपालको इतिहासमा अत्यन्त दुखद र पीडादायी दिनका रूपमा अङ्कित भएको छ ।’

थप

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति सरकारको असंवेदनशीलता र चरम दमन निन्दनीय भएको बताएका छन् । थापाले एक विज्ञप्तिमार्फत् सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनका अनुसार, “आज युवा पुस्ता (जेनजी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद र अस्वभाविक छ। आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन।” थापाले यस घटनालाई शान्तिपूर्ण आन्दोलनमाथि अनावश्यक हिंसाको रूपमा वर्णन गर्दै, गृहमन्त्री रमेश लेखकले दिएको राजीनामा पर्याप्त नभएको बताए। उनले भने, “यो…

थप

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीव्र आक्रोश पोख्दै उनलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको स्टाटसमार्फत शाहले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै कठोर शब्द प्रयोग गरेका हुन् । बानेश्वरमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी युवाहरूको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुःख प्रकट गरेका थिए। त्यसको केही क्षणमै शाहले प्रतिकृया दिँदै ओलीप्रति व्यक्तिगत टिप्पणी गर्दै आक्रोश व्यक्त गरेका हुन्। शाहले ओलीलाई सन्तान नभएको प्रसङ्ग जोड्दै अरूका छोराछोरी गुमाउँदा हुने पीडा बुझ्न नसक्ने आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘साँच्चै नै कहिले बा हुन पाएको भए पो…

थप

काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गर सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट पक्राउ गरिएको जानकारी दिए । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ…

थप

काठमाडौं । पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् । उनविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो । इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि…

थप

काठमाडौं । सुनसरीको झुम्का कारागारमा पछिल्ला दिनमा स्वास्थ्य संकट तीव्र बनेको छ। ४ दिनको अवधिमा तीन जना कैदीबन्दीले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी बिरामी परेका छन्। परीक्षणपछि कारागारभित्र स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा फैलिएको पुष्टि भएको छ। उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि कैदीबन्दीको मृत्यु भएको थियो। स्थिति गम्भीर भएपछि बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरी ६३ जनाको रगत संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो। जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार प्राप्त रिपोर्टमा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको छ। ‘कसै–कसैमा जापनिज इन्सेफ्लाइटिसको आशंका पनि छ, तर…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्ने आफ्नो सपना रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु भन्ने सपना हुनुपर्ने बताए । ‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु भन्ने हुनुपर्छ’, उनले भने, ‘मेरो लागि मुख्य कुरा यो हो अहिले। मेरो लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् ।’ उनले देशभरी पूर्वाधार बनेको थुप्रै कुराहरू बदलिएको पनि बताए…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले एक तस्वीरले ठूलो हलचल मच्चाइरहेको छ। पूर्वमहामन्त्री दाबी गरिरहेका मुकुल ढकाल र पार्टीकी सांसद तथा सचेतक निशा डाँगीको फोटो सार्वजनिक भएपछि पार्टीभित्रै प्रेम प्रसंगको चर्चा पुनः सतहमा आएको छ। ढकाललाई रास्वपाले अनुशासन उल्लंघन गरेको भन्दै निष्कासन गरिसकेको छ। निर्वाचन आयोगले समेत उनको नामबिनाको पार्टीको अडिट फाइल दर्ता गरिसकेको छ। तर पनि ढकाल आफूलाई अझै पार्टीको महामन्त्री दाबी गर्दै आएका छन्। यसबीच हालै सेतो गुम्बास्थित एक रेस्टुरेन्टमा ढकाल र डाँगीबीच घण्टौँ लामो भलाकुसारी भएको दृश्यले पार्टीभित्रको गसिपलाई फेरि ताताएको हो। मुकुल–निशाको सम्बन्ध नयाँ होइन। यसअघि नै उनीहरूबीच प्रेम प्रसंग रहेको चर्चा पार्टीभित्र र…

थप

काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसारविरुद्धको राष्ट्रिय दिवस (भदौ २०) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सम्मानित भएका छन्। नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ७७ जिल्लामध्ये पर्सा प्रहरीले मानव बेचबिखन नियन्त्रणमा देखाएको सक्रियताका आधारमा मिश्रलाई सम्मान गरेको हो। उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानपत्र हस्तान्तरण गरेका थिए। एसपी मिश्र करिब सात महिनाअघि पर्सा प्रहरी प्रमुख बनेपछि मानव बेचबिखनविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएका छन्। उनले यो अवधिमा १५ वटा मुद्दा दर्ता गरेर त्यसमा संलग्न १७ जनालाई पक्राउ गरी सफल अनुसनधान गरेका थिए । यस्तै बेचबिखनको जोखिममा परेका करिब ३०० भन्दा बढीको उद्दार…

थप