काठमाडौं । जेनजी आन्दोलनका बेला काठमाडौँको बौद्धस्थित हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, आगजनी र तोडफोड प्रकरणमा संलग्न दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सेठी भन्ने दावा शेर्पा र रने भन्ने रञ्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेका संरचना तोडफोड, आगजनी तथा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार क्यासिनोको काउन्टरमा राखिएको करोडौं रुपैयाँ अपरिचित व्यक्तिहरूले लुटेर लगेका थिए ।
दुवैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर चोरी तथा डाँका सम्बन्धी कसूर, र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
Facebook Comments Box
