काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । उनको उपचारको क्रममा निधन भएको हो ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।
(यसअघि समाचारमा फोटो फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सम्पादक)
Facebook Comments Box
