काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा आरोपमा उनलाई कतारमा दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि जागिरबाट निलम्बन गरिएको बताइएको छ। तिवारीको साथबाट ८ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट ८ तोला सुन भेटिएको जनाइएको छ ।
जसकारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।
Facebook Comments Box
