Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । प्रहरीले एक महिनामा काठमाडौँबाट जेनजी आन्दाेलनमा लुटिएका ८ थान हतियार बरामद गरेको छ । चार थान टाईप–५४ पेस्तोल, ३ थान रिभल्बर र एकथान इटालियन पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । काठमाडौँ प्रहरीले मंसिर महिनामा २ थान म्याग्जीन र १४ राउण्ड गोली बरामद गरेको छ । हातहतियार तथा गोलिगठ्ठा लुटपाट तथा बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा प्रहरीको १२८१ थान हतियार लुटपाट र आगजनी भएको थियो । तीमध्ये धेरै सङ्ख्यामा हतियार रिकभर गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताउने गरेका छन्…
काठमाडौं । बलिउड अभिनेता बबी देओलको चर्चित वेब सिरिज ‘आश्रम’ को चौथो सिजनको प्रतीक्षा गरिरहेका फ्यानहरूका लागि ठूलो अपडेट बाहिर आएको छ । सिरिजमा ‘बबिता भाभी’ को भूमिका निभाएर चर्चामा रहेकी अभिनेत्री त्रिधा चौधरीले आगामी सिजनको बारेमा महत्वपूर्ण जानकारी दिएकी हुन् । ‘आश्रम’ का तीनवटै सिजन सफल भएपछि दर्शकहरू बाबा निरालाको आगामी कथा हेर्न आतुर छन्। बलिउड हङ्गामालाई दिएको एक अन्तर्वार्तामा त्रिधाले ‘आश्रम ४’ को काम चाँडै सुरु हुन लागेको बताएकी छन्। उनले भनिन्, ‘हामी चाँडै यसमा काम सुरु गर्दैछौँ। सन् २०२६ मा ‘आश्रम ४’ को सुटिङ सुरु हुनेछ र निर्माण पक्षले दर्शकलाई ठूलो सरप्राइज दिने तयारी गरिरहेको छ ।’…
काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनीत ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेता पल र अनिता रोमान्टिक जोडीको रूपमा देखिएका छन् । एकअर्काबिचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्। गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द सङ्गीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्। यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। उनी म्युजिक भिडियोमा मात्र सीमित रहेकी छैनन्। उनले…
काठमाडौं । नेपाल सेनाका ६ उपरथीको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ६ उपरथीको सरुवा गरेको हो । ६ उपरथी सरुवा हुँदा ३ पृतनापति समेत हेरफेर भएका छन् । पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौंडाका पृतनापतिहको हेरफेर भएको हो । पश्चिम पृतनाका उपरथी मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ । पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई सरुवा गरिएको छ । मध्य पृतना हेटौंडाका पृतनापति हरेन्द्र पाठकको प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएको छ । मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ । खड्का जंगी अड्डामा अतिरिक्त समूहमा थिए । मध्यपश्चिम…
काठमाडौं । नुवाकोटका २८ वर्षीय दीपक गजुरेल सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ। यसअघि २२ पटकसम्म पक्राउ परेर छुटिसकेका गजुरेल यसपटक २३ औँ पटक प्रहरी नियन्त्रणमा परेका हुन्। प्रहरीका अनुसार गजुरेलले काठमाडौंको सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थामा रातिको समयमा प्रवेश गरी तोडफोड गर्दै १६ लाख रुपैयाँ लुटपाट गरेका थिए। उक्त घटनाको अनुसन्धानका क्रममा उनी नै मुख्य योजनाकार रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो। अनुसन्धानबाट गजुरेलले काठमाडौं र पोखराका गरी कम्तीमा १९ वटा सहकारी संस्थामा चोरी तथा लुटपाट गरेको खुल्न आएको छ। उनी प्रायः रातिको समयमा सहकारीका ढोका र सिसा फुटाई भित्र प्रवेश…
काठमाडौं । हालैको जेएनजी आन्दोलनमा तोडफोड र आगजनी हुँदा देखिएको एउटा रोचक तथ्य के छ भने नेपाली व्यवसायीहरूले लगानी गरेका ठूला व्यापारिक प्रतिष्ठान बढी क्षति खेप्न पुगे भने मारवाडी लगानीकर्ताका संस्था भने सुरक्षित रहे। भाटभटेनी सुपरमार्केट, जुन नेपाली व्यवसायी मीनबहादुर गुरुङले सञ्चालन गरेका थिए, आगजनीले ध्वस्त बन्यो। तर, बिगमार्ट, जुन Mega Mart Pvt. Ltd. मार्फत मारवाडी व्यवसायी शश्वत ढकालले सञ्चालन गर्दै आएका छन्, सुरक्षित रह्यो। ठूला होटल क्षेत्रमा पनि उस्तै फरक देखियो। हिल्टन काठमाडौं होटल, जसमा Shanker Group (Jagdamba Hospitality Group) को ९० प्रतिशतभन्दा बढी लगानी छ, तोडफोड र आगजनीको सिकार भयो। तर, म्यारियट होटल, जुन पूर्ण रूपमा नेपाली स्वामित्व…
काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि कार्यालयमा अनुपस्थित रहेकी कारण गृह मन्त्रालयले सेवाबाट हटाउने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि निरीक्षक लामाले सात दिनभित्र कार्यालयमा हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिनुपर्नेछ। गृहका अनुसार लामा गत असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। उनले सुरुमा १० दिनको बिदा लिएकी थिइन् र पछि १० दिन थप बिदा स्वीकृत गराएकी थिइन्। बिदा सकिएपछि साउन १६ गतेदेखि हालसम्म उनी कार्यालयमा हाजिर भएकी छैनन्। अनुपस्थित रहेकी लामाको काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित घरमा समेत सूचना टाँस गरिएको थियो। त्यसपछि पनि…
काठमाडौं । काठमाडौं चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन साइमन ग्रेसेसले इन्ड्राइभ गरी उक्त ट्याक्सीमा गाँजा बोकेर हिँडेको पाइएको एसपी भट्टराईले बताए । ट्याक्सीबाट २३ किलो र ग्रेसेसले रानिवनमा होमस्टे भाडामा लिएर बसेको ठाउँबाट ३२ किलो गरी ५५ किलो गाँजा बरामद भएको हो ।
ललितपुर। बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा झापा जिल्ला मेचिनगर नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ०५ लगनखेल बस्दै आएका ३२ वर्षीय भरत निरौला रहेका छन्। उनलाई बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु. २२,५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो। यसैगरी ललितपुर जिल्ला महाङ्काल गाउँपालिका वडा नं. ३ गोटिखेल बस्ने ५० वर्षीय मुरारी घिमिरेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई सोही मुद्दामा २ वर्ष कैदको फैसला…
मधेसमा डिआईजी थपलियाको आडमा बच्चा-विजय, सागर-अंकितको ‘सिण्डिकेट’: आईजी कार्कीको नाम बेचेर असुली !
काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) बच्चा यादव भनिने रामेश्वर पछिल्लो समय मधेस प्रदेशमा चर्चित मात्र होइन, विवादको केन्द्र बनेका छन्। मकवानपुर दरबन्दी भए पनि तत्कालीन मानवस्रोत विभाग प्रमुख तथा हालका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको कार्यकालमा काज मिलाएर जिप्रका धनुषा पुगेका यादवमाथि आईजीको नाम बद्नाम गर्दै पैसा असुली गरेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार, लामो समय मधेसमै बस्दै आएका असई यादवले आफ्नो पहुँच देखाउँदै ‘ठूलो मान्छेको मान्छे’ भएको दाबी गर्न थालेपछि उनी विवादमा तानिएका हुन्। यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनालको दबाबमा धनुषा पठाइएको भनिए पनि अहिले भने आईजीपी कार्की स्वयंले उनलाई आफ्नै दरबन्दी फर्काउन निर्देशन दिएको चर्चा प्रहरी वृत्तमा…