ललितपुर। बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा झापा जिल्ला मेचिनगर नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ०५ लगनखेल बस्दै आएका ३२ वर्षीय भरत निरौला रहेका छन्।
उनलाई बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु. २२,५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो।
यसैगरी ललितपुर जिल्ला महाङ्काल गाउँपालिका वडा नं. ३ गोटिखेल बस्ने ५० वर्षीय मुरारी घिमिरेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई सोही मुद्दामा २ वर्ष कैदको फैसला भएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
