काठमाडौं । हालैको जेएनजी आन्दोलनमा तोडफोड र आगजनी हुँदा देखिएको एउटा रोचक तथ्य के छ भने नेपाली व्यवसायीहरूले लगानी गरेका ठूला व्यापारिक प्रतिष्ठान बढी क्षति खेप्न पुगे भने मारवाडी लगानीकर्ताका संस्था भने सुरक्षित रहे।
भाटभटेनी सुपरमार्केट, जुन नेपाली व्यवसायी मीनबहादुर गुरुङले सञ्चालन गरेका थिए, आगजनीले ध्वस्त बन्यो। तर, बिगमार्ट, जुन Mega Mart Pvt. Ltd. मार्फत मारवाडी व्यवसायी शश्वत ढकालले सञ्चालन गर्दै आएका छन्, सुरक्षित रह्यो।
ठूला होटल क्षेत्रमा पनि उस्तै फरक देखियो। हिल्टन काठमाडौं होटल, जसमा Shanker Group (Jagdamba Hospitality Group) को ९० प्रतिशतभन्दा बढी लगानी छ, तोडफोड र आगजनीको सिकार भयो। तर, म्यारियट होटल, जुन पूर्ण रूपमा नेपाली स्वामित्व बाहिरको Everest Hospitality and Hotel Pvt. Ltd. द्वारा निर्माण अन्तर्राष्ट्रिय ःबचचष्यतत ब्रान्डको व्यवस्थापनमा सञ्चालन भइरहेको छ, सुरक्षित रह्यो।
यस्तो अवस्थामा लगानी कुन पृष्ठभूमिका व्यक्तिबाट भएको छ भन्ने आधारमा आन्दोलनकारीको आक्रोश निर्देशित भएको कि ? भन्ने प्रश्न सार्वजनिक बहसमा उठ्न थालेको छ।
स्रोतहरूका अनुसार, हिल्टन र म्यारियट दुवै अन्तर्राष्ट्रिय होटल ब्रान्ड भए पनि तिनको स्वामित्व संरचना फरक छ। हिल्टनमा शंकर समूहको ठुलो लगानी छ भने म्यारियट भ्खभचभकत ज्यकउष्तबष्तिथ को पूर्ण स्वामित्वमा छ।
किन नेपाली लगानीमै आक्रोश ?
विश्लेषकहरू भन्छन्, ‘आन्दोलनकारीको आक्रोश केवल “ब्रान्ड” वा “संरचना” का कारण मात्र थिएन, बरु लगानीकर्ताको पहिचान, छवि र सम्बन्धित विवादसँग पनि जोडिएको देखिन्छ। अन्तर्राष्ट्रिय ब्रान्ड बोकेका यी होटेलहरूलाई आन्दोलनकारीले लक्ष्य बनाउनु भन्दा पनि लगानीकर्ता को हुन् भन्ने आधारमा आक्रोश प्रकट भएको देखिन्छ।’
भाटभटेनीका गुरुङ करिब हरेक आन्दोलन र शक्ति परिवर्तनसँगै आलोचित हुँदै आएका छन्। शंकर समूह नेपाली ठूला व्यवसायिक घराना मध्ये एक, जसको राजनीतिक पहुँचबारे निरन्तर बहस हुन्छ। अर्कोतर्फ, बिगमार्ट वा म्यारियटलाई ‘मारवाडी/विदेशी व्यवस्थापनको छायामा सुरक्षित’ भनिने गरिएको छ।
यो घटनाले एउटा गहिरो प्रश्न उठाएको छ – आन्दोलनकारी किन आफ्नै नेपाली लगानीतर्फ आक्रोशित हुन्छन्, तर विदेशी वा मारवाडी व्यवसाय बचाइन्छ ?