Author: Scoop Khabar

काठमाडौं । सुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा हुलदंगा गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । उनी काठमाडौं मनोहराबासी हुन् । जेन-जी आन्दोलनलगत्तै भदौ २५ गते आर्मी हेडक्वार्टरमा पनि प्रेम लामा लफडाबाजीमा उत्रिएका थिए । जेन-जीहरुले उनको पहिचान खुलाएका थिए र एमालेको कार्यकर्ता भएको पुष्टि भएको थियो । सुदनको कार्यक्रममा पनि उनले घुसपैठ गरेपछि उनीमाथि क्लब परिसरमा हातपात गरिएको थियो ।

थप

झापा । झापामा आइतबार साँझ दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का सशस्त्र प्रहरी हवल्दार घाइते भएका छन्। मोरङको केराबारी गाउँपालिका–२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको हो। प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे बेलबारी–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एम्बुलेन्स ९मे १ च १९७८० ले विपरीत दिशाबाट आउँदै गरेको लिम्बूले चलाएको मोटरसाइकल ९प्रदेश १–०२–०४७ प ६९२२० लाई ठक्कर दिएको थियो। गम्भीर घाइते लिम्बूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। ठक्कर दिने एम्बुलेन्स…

थप

काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानजस्ता विपद्‌ले ठूलो भौतिक क्षति पुर्‍याइरहेका बेला १४ पिक्स एक्सपेडिसन (14 Peaks Expedition) ले २०७ थान टेन्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ। आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक टासी लाक्पा शेर्पाले कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीलाई टेन्ट हस्तान्तरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै एआइजी कार्कीले नेपाल बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको भन्दै विस्थापित नागरिकका लागि यी टेन्टहरू उपयोगी हुने बताए। उनले १४ पिक्स एक्सपेडिसनले गरेको सहयोगलाई ‘पुण्य कार्य’ भन्दै प्रहरी संगठनको तर्फबाट आभार व्यक्त गरे। सो…

थप

काठमाडौं । स्कुटरले ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् । तिनकुने सडक-खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो । घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

थप

काठमाडौं । निरन्तरको अविरल वर्षासँगै आएको बाढी र पहिरोले इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा पहिरो गएपछि आइतबार बिहानसम्म कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ…

थप

म्याग्दी । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका–२ बाबियाचौरका चक्रलाल पाण्डेले…

थप

काठमाडौं । उपत्यकामा निरन्तर भइरहेको अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्की स्वयं अग्रपंक्तिमा खटिएका छन्। कार्कीले कन्ट्रोल रुममार्फत सम्पूर्ण परिस्थितिको नियमित निगरानी गर्दै रातको समयमा ड्युटीमा खटिएका प्रहरीलाई प्रत्यक्ष भेटेर मनोबल बढाउने कार्यसमेत गरेका छन्। उनले विभिन्न स्थानमा पुगेर खटिएका प्रहरीलाई आवश्यक निर्देशन दिँदै उपत्यकाको सुरक्षामा कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका छन्। सामान्यतया उच्च प्रहरी अधिकारीहरू निर्देशनमा सीमित रहने परम्परा भए पनि एआइजी कार्की आफैं सिपाहीझैँ सक्रिय रहँदै फिल्डमै उपस्थित भइरहेका छन्। उनको यस्तो नेतृत्व र सक्रियताले अन्य सुरक्षाकर्मीहरूमा थप ऊर्जा र आत्मबल बढाएको प्रहरी स्रोतले जनाएको…

थप

काठमाडौं । हालैको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटनाले जनजीवन अस्तव्यस्त बनेको छ। सयौं परिवार विस्थापित भएका छन् भने धेरैजना अझै राहतको प्रतीक्षामा छन्। यस्तो कठिन समयमा सफल पर्यटन व्यवसायी तथा मानवसेवी टासी लाक्पा शेर्पाले सहयोगको हात अघि बढाउँदै उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। शेर्पाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै बाढी–पहिरो प्रभावित नागरिकहरूका लागि २५० भन्दा बढी क्याम्पिङ टेन्ट अन्य अत्यावश्यक सामग्रीहरू उपलब्ध गराउने घोषणा गरेका छन्। उनका अनुसार, उक्त सामग्रीहरूको मूल्य करिब एक लाख अमेरिकी डलर बराबरको हुनेछ। फेसबुकमा उनले लेखेका छन्, “यो कठिन समय हामी सबै मिलेर पार गरौँ। एक–अर्कालाई सहयोग गरौँ, साथ…

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईलाई परिसरको सूचना अधिकारी नियुक्त गरिएको छ। परिसरका कार्य, गतिविधि र कारबाहीका यथार्थ तथा तथ्यगत सूचनाहरू सञ्चार माध्यममा सम्प्रेषण गर्न सहजता होस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो। उनको सम्पर्क नम्बर ९८५११२६९८३ र इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np रहेको परिसरले जनाएको छ।

थप

काठमाडाैं । डोटी जिल्लाको शिखर नगरपालिका–८ तिलतालीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ तिलतालीका २८ वर्षीय शंकर बलायर सडकमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। गोपघाटस्थित डा. के.आई. सिंह राजमार्ग अन्तर्गत सडकमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरी निरीक्षक नवराज रावलका अनुसार, मृतक बलायरको टाउकोमा गम्भीर चोट देखिएको छ, जसले घटनालाई शंकास्पद बनाएको छ। शुक्रबार मध्यराति करिब १२ बजे प्रहरीलाई मानिस सडकमा लडेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तिलतालीबाट प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका…

थप